Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 19
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » डेङ्गुको सङ्क्रमण बढ्दै, परीक्षणका लागि कीटको अभाव

    डेङ्गुको सङ्क्रमण बढ्दै, परीक्षणका लागि कीटको अभाव

    पहिलोक्लिकपहिलोक्लिकAugust 24, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    चितवन: जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि डेङ्गु र स्क्रवटाइफसको परीक्षणका लागि कीटको अभाव देखिएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो पटक आएको ३५० कीटमध्ये अब जम्मा ५० कीटमात्रै बाँकी रहेको छ ।

    साउन २९ गतेमात्रै कार्यालयमा कीट आएको थियो । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कीटको अभावमा अस्पताललाई आवश्यक मात्रामा उपलब्ध गराउन सकिएको छैन । माडीमा रहेको बघौडा अस्पतालमा कीट उपलब्ध गराउन सकिएको छैन भने रत्ननगर वकुलहर अस्पतालमा पनि मागअनुसारको उपलब्ध गराउन नसकिएको उहाँले जानकारी दिनुभयो ।

    जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो रहेको छ । उहाँका अनुसार भदौ ६ गतेसम्म जिल्लामा ५६७ को परीक्षण गरिएकामा २२५ मा डेङ्गुको सङ्क्रमण भेटिएको हो । भेटिएकामध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाको रहेको उहाँले जानकारी दिनुभयो । यसमा १४० चितवन र तीमध्ये पनि १०२ जना महानगर भित्रका रहेका छन् ।

    कीटको अभावका कारण बिरामीको परीक्षणमा समस्या नहोस् भनेर अहिले ५० वटा कीट राखिएको र थप कीट माग गरिएको केसीले बताउनुभयो । डेङ्गु नियन्त्रणका लागि अहिले ‘लार्भा खोज र नष्ट गर’ अभियान सम्पन्न गरिएको भए पनि जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको उहाँको भनाइ थियो ।

    स्थानीय तहहरुसँग समन्वय गरी डेङ्गु नियन्त्रणका लागि कम भइरहेको कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिनुभयो । अहिले महानगर क्षेत्रलाई बढी महत्वका साथ हेरिएको भए पनि सबै स्थानीय तहहरुसँगको समन्वयमा डेङ्गुसम्बन्धी सचेतना जगाउने काम भइरहेको उहाँले बताउनुभयो ।

    Facebook Comments Box

    डेङ्गु
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.