काठमाडौं : मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले ३०% बोनस शेयर दिने घोषणा गरेको छ ।
कम्पनीको आज सोमबार बसेको सञ्चालक समिति बैठकले २०७५–७६ को नाफाबाट ३०% बोनस र कर तिर्नका लागि १.५८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसर्थ, कम्पनीले १९ करोड ७३ लाख ४० हजार बराबरको बोनस वितरण गर्नेछ ।
कर तिर्न १ करोड ३ लाख ९३ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि मेरोको चुक्ता पुँजी ८५ करोड ४१ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १६ करोड ७६ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७ पैसा छ ।
