काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज सोमबार ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ ।
बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ । बैंकले ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ ।
बैंकले ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाखको र ३६४ दिन अवधिको २ अर्ब बराबरको ट्रेजरी बिल बिक्री जारी गरेको छ ।
ट्रेजरी बिल खरिद गर्ने बैंक तथा बित्तिय संस्थाले आज तीन बजेसम्म अनलाइन मार्फत बोलकबोल गर्रिसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
Facebook Comments Box