Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 23
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » डेङ्गु रोग स्वास्थ्य मन्त्रालयले मात्र नियन्त्रण गर्न सक्दैन : राज्यमन्त्री डा यादव

    डेङ्गु रोग स्वास्थ्य मन्त्रालयले मात्र नियन्त्रण गर्न सक्दैन : राज्यमन्त्री डा यादव

    पहिलोक्लिकपहिलोक्लिकSeptember 1, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ : पछिल्लो समय देशका ४५ भन्दा बढी जिल्लामा देखापरेको डेङ्गु रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो एकल प्रयासले मात्र सम्भव नहुने जनाएको छ ।

    अघिल्लो आवमा तीन हजार ८३४ जनामा देखिएको सो रोगको सङ्क्रमण चालू आवको एक महीना १२ दिनमा एक हजार ५३७ जनामा प्रमाणित भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोग सङ्क्रमण हुने गर्दछ ।

    दश हजारमध्ये एक हजारमा मात्र रोगको लक्षण देखापर्दछ । पछिल्लो समय देशका अधिकाशं ठूला शहरमा सो रोग देखापरिसकेको छ । सबैभन्दा स्वच्छ र सफा मानिने पोखरा लेखनाथ महानगरपालिमा मात्र अहिलेसम्म ३१५ जना सङ्क्रमित बिरामी भेटिएका छन् ।

    प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले भन्नुभयो, “मन्त्रालयको एकल प्रयासले मात्र डेङ्गु नियन्त्रण सम्भव छैन, अन्य मन्त्रालय, सरोकार निकाय तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ । अन्य निकायको साथ र सहयोग मन्त्रालयले नपाउने हो भने डेङ्गु सङ्क्रमण झन् भयावह हुन सक्छ ।”

    उहाँले ‘नयाँ भवन निर्माण कार्य तीव्र अवस्थामा रहेको छ, यो कार्य कसले रोक्छ ?’ भन्ने प्रश्न गर्दै निर्माण कार्यस्थलमा पानी जम्ने गरेका छ, पानी जमेको स्थानमा लामखुट्टेको लार्भा बसेको हुन्छ, भन्नुभयो ।

    राज्यमन्त्री डा यादवले तराईबाट पहाड र हिमाल उक्ँिलदै गरेका लामखुट्टेलाई मन्त्रालयले मात्र रोक्न नसक्ने चर्चा गर्दै मन्त्रालयले कर्मचारी र बजेट अभावले प्रभावकारी कार्य सम्पादन गर्न नसकेको गुनासोसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “छिटो छिटो सचिव परिवर्तन भइरहन्छ, सचिव त परिवर्तन भयो भयो, सहसचिव पनि परिवर्तन हुन थाल्यो, खै काम कसरी सम्पादन गर्नु ?”

    मन्त्रालयको हालै मात्र सचिव पदमा सरुवा भई जानुभएका खगराज बरालले डेङ्गु नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औँल्याउँदै स्थानीयस्तरमा ‘लामखुट्टे खोज र नष्ट गर’ भन्ने कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी रहेको छ भन्नुभयो । मन्त्रालयका सहसचिव दीपेन्द्ररमण सिंहले लामखुट्टे नियन्त्रण कार्य घरघरबाट शुरु गर्नुपर्ने भन्दै डेङ्गुको लार्भा देखिने घरलाई दण्डसजायको दायराभित्र ल्याउने खालको कानूनी संयन्त्र आवश्यक रहेकामा जोड दिनुभयो ।

    मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा विवेककुमार लाल र विज्ञ डा घनश्याम पोखरेलले पछिल्लो समय हावाजस्तै डेङ्गु फैलिएको चर्चा गर्दै रोग नियन्त्रण गर्न आर्थिक अभाव रहेको बताउनुभएको थियो ।

    महाशाखाका अनुसार सातै प्रदेशमा करीब रु ८७ लाख ९० हजारको दरले रकम विनियोजन गरेको छ । विगत तीन वर्षमा डेङ्गु देखिएका स्थानका आधारमा महाशाखाले नयाँ सम्भावित स्थानमा रोग नियन्त्रणका कार्यक्रम बनाउँछ ।

    महाशाखाले अनुमान लगाएभन्दा फरक स्थानमा रोग देखिँदा नियन्त्रण गर्न आर्थिक स्रोतको अभाव रहेको महाशाखाले जनाएको छ । गत वर्ष ८५ स्थानीय तहमा सो रोग देखापरेको थियो । तर सुनसरीमा फैलिएको सो रोगको पूर्वानुमान मन्त्रालयले गरेकै थिएन ।

    जनचेतना कार्यक्रममा प्राथमिकता दिन सुझाव

    बैठकमा समितिका सदस्य मानबहादुर विश्वकर्माले डेङ्गु नियन्त्रण गर्न मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै नियन्त्रण गर्न पहिलो प्राथमिकता दिन सुझाव दिनुभयो ।

    समिति सदस्य जीवनराम श्रेष्ठले डेङ्गुको सङ्क्रमितलाई ‘स्क्रिनिङ’ गरी छुट्टै स्थानमा राख्न र बजेटको अभाव हुन दिनुहुँदैन भन्नुभयो । अर्का सदस्यद्वय उमेश श्रेष्ठ र हितबहादुर तामाङले विद्यालयका पाठ्यक्रममा डेङ्गु रोग हुन नदिने उपायका बारेमा समावेश गर्न सुझाव दिनुभयो ।

    समिति सदस्यद्वय चित्रलेखा यादव र अञ्जना विशङ्खेले डेङ्गु नियन्त्रण गर्न जनचेतनाका कार्यक्रम अभियानका रूपमा सञ्चालन गनुपर्ने बताउनुभयो ।

    समितिका सदस्य गजेन्द्र महतले अविकसित स्थानमा डेङ्गुको लामखुट्टे हुँदैन भनेर कार्यक्रम नै नबनाउने प्रवृत्तिका कारण डेङ्गु फैलिएको हो भन्नुभयो ।

    समितिका सभापति जयपुरी घर्तीले डेङ्गु नियन्त्रण गर्न अल्पकालीन तथा दीर्घकालीन योजना बनाई तत्काल कार्यान्वयनमा ल्याउन मन्त्रालयलाई निर्देश गर्नुभयो ।

    Facebook Comments Box

    डेङ्गु रोग
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.