काठमाडौँः निकै विवादको घेरामा तानिएका झापाको बिर्तामोडस्थित बी एन्ड सी शिक्षण अस्प्तालका सञ्चालक दुर्गा प्रसाईले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका बारेमा आफूले बोलेको कुराले परेको चोटप्रति क्षम मागेका छन् ।
बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूबारे आफूले अर्कै आशयले बोलेको कुरालाई सञ्चारमाध्यमले तोडमोड गरेको आरोप लगाएका छन्।
सोमबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा बोल्दै उनले आफूले करिब १४ महिनाअघि अर्कै आशयले बोलेको कुरालाई तोडमोड गरी सामाजिक सञ्जालमा भाइरल बनाइएको पनि गुनासो गरेका छन् ।
उनले आफूले भन्न खोजेको विषयलाई तोडमोड गरेर विवादित बनाइएको भन्दै उक्त भनाइको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको जिकिर गरे । ‘बंगलादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्यनको वातावरण सिर्जना गर्न सके राम्रो हुने र त्यहाँ उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नुपर्ने अवस्थाको अन्त्य हुने मेरो आशय थियो’, उनले भनेका छन् ।
यही बिषयबारे बोल्दा कानुन मन्त्री शेरबहादुर तामाङले आइतवार माफी मागेका थिए । ‘मेरो अभिव्यक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो थिएन’, उनले भनेका छन्, ‘यसले पर्न गएको असरप्रति क्षमा माग्न चाहान्छु ।’