Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 22
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » एटीएम ह्याक प्रतिवेदन: ह्याकरले आफ्नो सर्भरबाट आफै ‘नेप्स’ बनेर भिसालाई सूचना पठाएको खुलासा

    एटीएम ह्याक प्रतिवेदन: ह्याकरले आफ्नो सर्भरबाट आफै ‘नेप्स’ बनेर भिसालाई सूचना पठाएको खुलासा

    पहिलोक्लिकपहिलोक्लिकSeptember 4, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: नेपाल राष्ट्र बैंकले एटीएम लुट प्रकरणको अनुसन्धानपछि आधिकारिक धारणा बाहिर ल्याएको छ।

     

    राष्ट्र बैंकको प्रतिवेदनमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) र अमेरिकाको भिसा सिस्टमको बिचमा बेग्लै सर्भर बनाएर ह्याकरहरु एटीएमबाट पैसा निकाल्न सफल भएको खुलासा गरिएको छ। ह्याकरहरुले नेप्समा आवद्ध भएका बैंकहरुको एटीएम कार्ड प्रयोग गरि नेप्समा आवद्ध नभएका बैंकहरुको एटीएमबाट पैसा झिकिएको राष्ट्र बैंकको प्रतिवेदनमा छ।

     

    राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको नेतृत्वमा गठन भएको अनुसन्धान टोलीले शनिबार काठमाडौंमा भएको एटीएम लुट प्रकरणको प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुधबार गर्भनर डा. चिरन्जीवी नेपाललाई बुझाएको हो।

     

    राष्ट्र बैंकको अनुसन्धानमा काठमाडौंका एटीएममा प्रयोग भएका नक्कली कार्डले अमेरिकामा रहेको भिसा कार्यालयलाई सम्पर्क गरेको खुलेको छ। भिसाले सोधेको प्रश्नमा बिचमा ह्याकरहरुले आफ्नो सर्भरबाटै नेप्सको तर्फबाट जवाफ पठाएका थिए।

     

    भिसाबाट माग भएको रकमको स्वीकृति आएको तर उक्त कुराको जानकारी नेप्ससँग आइनसकेको अनुसन्धानको क्रममा भेटिएको छ। त्यसैबाट बिचमा ह्याकरहरूले भिसालाई जवाफ पठाएको देखिन्छ।

     

    नेप्सले अनुमति नदिइकनै पूर्ण सूचना नै नलिइ एटीएमबाट पैसा झिकिएको राष्ट्र बैंकको प्रारम्भिक प्रतिवेदनमा छ।

     

    शनिबार भएको ह्याकिङको घटना नेपालको बैंकिङ इतिहासमै एउटा गम्भीर पाठ बनेको छ। ह्याकिङको सूचना पाए लगत्तै प्रहरीले घटनास्थलबाटै संलग्नहरूलाई पक्राउ गरेको थियो भने बैंकहरूले आफ्नो एटीएम प्रणाली बन्द गरेका थिए।

     

    यो एटीएम लुट कसरी सम्भव भयो भन्ने चासो सर्वत्र रहेका बेला राष्ट्र बैंकले बुधबार अनुसन्धानमा भेटिएका कुरा बाहिर ल्याएपछि धेरै प्रष्ट भएको छ।

     

    राष्ट्र बैंकका अनुसन्धान टोली प्रमुख मिश्रले एटीएम लुट प्रकरणको अनुसन्धान सुरु भएको र प्रारम्भिक प्रतिवेदनमा विस्तृत विषयवस्तु समेटिएको बताए।

     

    ‘प्रारम्भिक प्रतिवेदनमा घटना कसरी भयो भन्ने मूल विषय समेटिएको छ’, मिश्रले पहिलोक्लिकसंग भने, ‘यो प्रकरणमा सम्बन्धित विज्ञले विस्तृत अनुसन्धान गर्नेछन्।’

     

    मिश्रले नेपाली बैंक र प्रविधिमा देखिएका कमजोरी समेत एटीएम लुट प्रकरणका कारण रहेको प्रतिवेदनमा समेटिएको बताए।

     

    राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक लक्ष्मी निरौलाका अनुसार यो प्रतिवेदनको आधारमा बिहिबार राष्ट्र बैंकले बैंकहरूमा हाल रहेको कमजोरी सुधारका लागि सर्कुलर जारी गर्नेछ। सर्कुलरको विषय अनुसन्धान प्रतिवेदन तयार गर्ने टोलीले नै बनाउने निरौलाले बताए।

     

    चीनबाट आठ जनाको समूहमा शुक्रबार नेपाल आएका चिनियाँ र फ्रान्सका नागरिकले शनिबार करिब १० घण्टा सिस्टम ह्याक गरी एटीएमबाट करिब दुई करोड रकम निकालेका थिए।

    Facebook Comments Box

    नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.