काठमाडौं : कृषिमन्त्री चक्रपाणी खनाललाई डेंगु संक्रमण भएपछि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनको रगत परीक्षणपछि डेंगुको संक्रमण देखिएको हिजो बुधबार पुष्टि गरेको हो ।
मन्त्रीका प्रेस सल्लाहकार बोमलाल गिरीका अनुसार खनालको स्वास्थ्य आज सुधारोन्मुख रहेको छ ।
केहीदिनदेखि मन्त्री खनाललाई टाउको दुख्ने र उच्च ज्वरो आउने समस्या देखिएपछि सो को शंका गरी उनको रगतको नमूना परीक्षणका लागि पठाइएको थियो ।
यसैबीच ककाठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका भित्र ढल, कुलो कुलेसोको सरसफाइ अभियान थाल्ने जनाएको छ ।
टेकु अस्पतालमा मात्रै अहिले २२ भन्दा बढी डेंगु संक्रमणका विरामी छन । यस अस्पतालमा सात जना चिकित्सक समेत डेंगुको संक्रमित भइ उपचाररत छन ।
अहिले दैनिक यस अस्पतालमा १३ जना भन्दा बढी डेंगुको परीक्षणका लागि आउने गरेका छन ।
डेंगुको लक्षणहरु :
- आँखाको नानीको पछाडी दुख्ने
- फोका आउने
- बेहोस हुने
- हाड जोर्नी दुख्ने
- जिउ गल्ने
- र बान्ता हुने
