काठमाडौँ: दशैं तिहारलाई लक्षित गरि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ मार्फत २० हजार टन चिनी ल्याउने तयारी गरेको छ ।
अर्थ मन्त्रालयले मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई १०/१० हजार टन चिनी खरिदको स्वीकृति दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले बताए ।
यधपी दुबै कम्पनीले चिनी खरिद प्रक्रिया मन्त्रिपरिषदको निर्णय पछिमात्र शुरु हुने उनको भनाइ छ ।
सरकारले आउदै गरेको दशैं तथा तिहारलाई लक्षित गरि दुई सरकारी कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी खरिद गर्न अधिकार दिन लागेको उनको भनाई छ ।
हाल चिनी आयातमा ४० प्रतिशत भन्सार शुल्क लाग्ने गरेको छ भने यी दुई कम्पनीले आयात गर्ने चिनीमा २० प्रतिशत भन्सार लाग्ने छ ।
उनका अनुसार सरकारले चाडपर्बलाई लक्षित गरि यो निर्णय गरिरहेको भएपनि खरिद प्रक्रिया पुरागरी खरिद गर्नुपर्ने हुनाले दशैं अगाढी चिनी आयात हुन लगभग सक्दैन ।
यदि मन्त्रालयले छिटो खरिद गर्न निर्दिशन दियो भने पनि चिनी आयात गर्न कम्तिमा २५ देखि ३० दिन लाग्ने उनको भनाइ छ ।
हामीले कम्तिमा ७ दिनको ग्लोबल टेण्डर आहवान गरे पनि टेण्डर मुल्यांकन तथा प्रतित पत्र खोल्न र आयात गर्न एक महिना लाग्छ ।
चिनी दशैं अघि आयात गर्न नसकेपनि बजारमा चिनीको समस्या नहुने भन्दै निजि क्षेत्रसंग कम्तिमा ५० हजार देखि ६० हजार टन चिनी भण्डारमा रहेको उनले बताए ।
त्यसैगरी, साल्ट ट्रेडिङसंग पनि २००० चिनी रहेको छ भने उसले सुपथ मूल्य पसलमार्फत प्रतिकिलो ५ रुपैयाँ छुटमा चिनी बिक्रि गरेको उनले बताए ।
बजारमा औसतमा प्रतिकिलो ८० रुपैयाँमा चिनी बिक्रि गरेकोमा साल्ट ट्रेडिङले ७२ रुपैयाँमा बिक्रि गरेको उनको भनाइ छ ।
चिनी उद्योगले भ्याट बाहेक प्रतिकिलो ६३ रुपैयाँमा बिक्रि गरेकोमा ब्यापारीको नाफा, ढुवानी तथा भ्याट जोड्दासमेत प्रतिकिलो ७८ देखि ८० भन्दा बढी नहुने उनले बताए ।
दशैं नजिकिदैं गर्दा वाणिज्य तथा आपूर्ति विभागले काठमाडौंका व्यवसायीहरुसँग अन्तक्रिया गरेको छ। काठमाडौंका व्यवसायीहरुलाई दशैंको समयमा उपभोक्तालाई मार पर्ने गरी व्यवसाय नगर्न आग्रह गरेको गौचनले बताए ।
चाडपर्वको समयमा आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्रीहरु दाल, चामल, पिठो, खाने तेल, घिउ, चिनी मासुजन्य वस्तु ताजा तरकारी तथा फलफुल लगायत वस्तुको आपूर्ति सहज बनाउन विभाले आग्रह गरेको छ।दशैं तिहारको समयमा लत्ताकपडा, माछामासु, दैनिक उपभोग्य सामाग्रीमा विशेष अनुगमन गर्ने विभागको तयारी छ।