काठमाडौँ। शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य प्रति तोला पाँच रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार प्रतितोला सुनको मूल्य ७० हजार ६ सय रुपैयाँमा ओर्लिएको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँले घटेको हो।
बिहीबार सुनको मूल्य ७० हजार आठ सय रुपैयाँ रहेको थियो। चाँदीको मूल्य आठ सय ७० रुपैयाँमा ओर्लिएको छ।
Facebook Comments Box