Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 23
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » भिएनवाईको तयारीमा सेना: सगरमाथा चढाउनेदेखि साहसिक र पर्यटकीय गतिविधि सञ्चालनसम्म

    भिएनवाईको तयारीमा सेना: सगरमाथा चढाउनेदेखि साहसिक र पर्यटकीय गतिविधि सञ्चालनसम्म

    पहिलोक्लिकपहिलोक्लिकOctober 3, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: नेपाली सेनाले नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा विभिन्न कार्यक्रम गरी मुलुकको पर्यटन प्रवद्र्धनका लागि साहसिक एवं पर्यटकीय गतिविधि सञ्चालन गर्ने भएको छ ।

     

    नेपाल सरकारले लक्ष्य प्राप्तिमा सहयोग पु¥याउन विदेशी पर्यटकको सहभागिता हुने गरी प्रतियोगितात्मक साहसिक खेलकूदका कार्यक्रमका साथै पर्यटकीय गतिविधि सञ्चालन गर्न लागेको नेपाली सेनाले जनाएको छ ।

     

    भ्रमण वर्षका अवसरमा साहसिक खेल, म्याराथन दौड, जङ्गल सफारी, हिमाली पदयात्रा, बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहणलगायत नौ वटा कार्यक्रम आयोजना गर्न लागिएको सेनाले आज काठमाडौँमा एक कार्यक्रममार्फत जानकारी दिएको छ ।

     

    उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायत सरकारी अधिकारी, विभिन्न राजदूतावासका प्रतिनिधि तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा सेनाले भ्रमण वर्षका अवसरमा आयोजना हुने कार्यक्रमबारे जानकारी गराएको हो ।

     

    उक्त समारोहमा उपप्रधानमन्त्री पोखरेलले मुलुकले लिएको लक्ष्य भेट्नका लागि नेपाली सेनाले अगाडि सारेको जस्तो कार्यक्रम जरुरी रहेको औँल्याउँदै विदेशमा पनि प्रचारात्मक कार्यक्रम आवश्यक भएको औँल्याउनुभयो । उहाँले उच्च पहाडी क्षेत्रमा सफारी, घना जङ्गल क्षेत्रमा मौसमअनुसारका पर्यटकीय गतिविधि सञ्चालन गर्नसके विविधतायुक्त नेपालमा पर्यटन विकासले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

     

    प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारी लक्ष्यप्राप्तिका लागि सेनाकोतर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै भ्रमण वर्ष सफल बनाउन विभिन्न कार्यक्रम गर्नेगरी प्रचारात्मक अभियान थालिएको जानकारी दिनुभयो । पर्यटन वर्ष सफल पार्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले नेपालको सुन्दरता र प्रकृतिलाई विश्वसामु पु¥याउनुपर्नेमा जोड दिनुभयो । संरक्षणमा सेनाकोसमेत महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उहाँले विभिन्न क्षेत्रमा हुने जङ्गल सफारी महत्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्नुभयो ।

     

    सेनाले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी दिँदै सेनाका बलाधिकृत रथी शरद गिरीले विविधतायुक्त नेपाल पर्यटनका हिसाबले प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो । उक्त समारोहमा नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आयोजना गर्ने विभिन्न नौ वटा कार्यक्रमबारे जानकारी दिनुभयो ।

     

    प्रमुख सेनानी सुवास खड्काले काभ्रेको पदयात्रा र सेनानी राजेश चन्दले नेपाली सेनाले आयोजना गर्ने खुला साहसिक खेलकूद प्रतियोगिताका बारेमा प्रस्तुति दिनुभएको थियो । महासेनानी सुवास थापाले जङ्गल सफारी र हिमाली पदयात्रा, प्रमुख सेनानी अर्जुन बस्नेतले प्याराग्लाइडिङ कार्यक्रम, सेनानी विनोद चौलागाईंले लिगलिगकोट दौड, सेनानी दिनेश खड्काले पाँचखालमा आयोजना हुने रन फर फनका बारेमा जानकारी गराउनुभएको थियो ।

     

    यस्तै प्रमुख सेनानी अशोक खाँडले पोखरामा हुने नेपाल म्याराथन, प्रमुख सेनानी सुनिलसिंह राठौरले बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहण २०२० कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । गन्तव्य सगरमाथा नाम दिइएको उक्त कार्यक्रम ९० दिनको हुने नेपाली सेनाले जनाएको छ । कार्यक्रममा सहभागी हुने विभिन्न देशमा निमन्त्रणसमेत पठाइसकेको जनाइएको छ ।

     

    कार्यक्रमको उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने, नेपालसँगको अन्तरराष्ट्रिय सम्बन्ध थप विस्तार गर्ने र नेपाल र अन्य मुलुकको अनुभव आदानप्रदान गर्ने रहेको नेपाली सेनाले जनाएको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.