काठमाडौँ: राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ । भीभीआईपी उडानका कारण दुई दिन शनिबार र आइतबार दर्जनौँ अन्तर्राष्ट्रिय उडान घण्टौं डिले हुने भएका छन् ।
त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार राष्ट्रपति सी सवार जेट विमान आउने बेला दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुने छैनन् ।
भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।
Facebook Comments Box