काठमाडौँ: कंलकी, थानकोट, नागढुङ्गा – नौबिसे सडकखण्डमा आजदेखि एकतर्फी मात्र सवारी सञ्चालन हुने भएको छ ।
सडक विभागद्धारा सडक मर्मत कार्य गर्ने हुनाले उक्त सडक खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन हुने ट्राफिक प्रहरी माहासाखले जनाएको छ ।
महाशाखाले उक्त सडकखण्डमा जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न सवारी चालकलाई अनुरोध गरेको छ ।
कंलकी – थानकोट सडकखण्ड (ढुङ्गेअड्डामा) बिहान नौ बजेदेखि र नागढुङ्गा – नौबिसे सडकखण्डमा दिउसॊ एक बजेदेखि एकतर्फी मात्र सवारी सञ्चालन हुने जनाएको छ ।

Facebook Comments Box