काठमाडौं : कप्तान ज्ञानेन्द्र मल्लको शतकसंगैं १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गतको पुरुष क्रिकेटमा नेपालले पहिलो जीत दर्ता गरेको छ ।
टियु क्रिकेट मैदानमा नेपाल दिएको २ सय ३६ रनको लक्ष्य पच्छ्याएको भुटान २० ओभरमा ६ विकेटको क्षतिमा ९५ रनमा समे।टियो ।
४ ओभर खेलेका पारस खड्काले भुटानको २ विकेट झार्दा, करण केसी, ललित राजवंशी र पवन सर्राफले १(१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो।
टि ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको खेलमा हालसम्मकै सबैभन्दा ठूलो लक्ष्य दिने क्रममा नेपालका कप्तान ज्ञानेन्द्रले ५३ बलमा शतक प्रहार गरे।
१८ औं ओभरको अन्तिम बलमा क्याच हुनुअघि ज्ञानेन्द्रले ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रन बनाए।
ज्ञानेन्द्रको टि९ट्वान्टी अन्तर्राष्ट्रियमा यो पहिलो शतक हो।
नेपालका लागि भने यो दोस्रो शतक हो। यसअघि पारसले सिंगापुरविरुद्ध पहिलो अन्तर्राष्टिय शतक प्रहार गरेका थिए।
यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रन बनाएर नटआउट रहे।
ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८।२ ओभरमा १ सय ८ रनको साझेदारी गरेका थिए।
पारसले २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रनमा आउट भए। पारसको टि९ट्वान्टी आईमा यो चौथो अर्धशतक हो।