काठमाडौँ — आफ्नै घरेलु मैदानमा नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेल नेपालले १ रनले जितेको छ ।
नेपालले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य पच्छ्याउँदै मैदानमा जवाफी व्याटिङमा उत्रिएको नेदरल्यान्ड्स ५० ओभरमा अलआउट हुँदा नेपालले यो खेल आफ्नो पोल्टामा पार्न सफल भयो । नेपालका लागि सन्दिप लामिछानेले ३, ललित भण्डारीले २, सोमपाल कामी, पारस खड्का, दिपेन्द्रसिं ऐरी तथा बसन्त रेग्मीले एक एक विकेट झारे ।
यसअघि पहिलो इनिङमा नेपालका कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाए । कप्तान पारसले ६९ बलमा ६ चौका र २ छक्कासहित ५१ रन बनाए भने सोमपालले ४६ बलमा ५ चौका र ३ छक्काको मदतले ६१ रन बनाए। दीपेन्द्रसिंह ऐरी र डेब्यु गरिरहेका सुवास खकुरेलले १९(१९ रन जोडे। नेपाललाई ४९ औं ओभरमा अलआउट गर्ने क्रममा नेदरल्यान्ड्सका लागि क्लासेनले सुरुआती ३ विकेट लिए। माइकल रिप्पोन र पिटर सिलारले २(२ विकेट हात पारे।
पहिलो एकदिवसीय क्रिकेटमा नेपाल नेदरल्यान्ड्ससंग ५५ रनले हारेको थियो ।
यो खेलसंगै दुइ एकदिवसीय क्रिकेट बराबरीमा टुंगिएको छ ।