काठमाडौँ: काठमाडौँ उपत्यकामा अव सपिङ जान सरकारले हरेक शनिबारसहित साताको तीन दिन बजार खोल्ने निर्णय गरेको छ।
आज बसको काठमाडौँ उपत्यकाका तीन सीडीओहरुको बैठकले उपत्यकामा विहिबारदेखि सोमबार, बुधबार र शनिबारका दिन शपिङ्ग मल, फेन्सी पसल, कपडा, जुत्ता र कस्मेटिक पसलहरु स्वास्थ्यका मापदण्ड पालन गर्ने गरी खोल्न दिने निर्णय गरेको हो।
यस्तै सरकारले फर्निचर र अटोमोबाइल्सका पसल र सोरुमहरु सोमबार र बुधबार मात्रै खोने दिने निर्णय गरेको छ। त्यसैगरी भाँडा र भाँडा जन्य पसल र किचन सम्बन्धि पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्रै खोल्ने दिने भएको छ।
Facebook Comments Box