काठमाडौँ: पूँजी बजारमा बुधबार उत्साहजनक सुधार देखिएको छ । सेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकले सुधार आउदा सबै समूहको परिसूचक हरिया भएका छन् ।
नेप्से २८ दशमलब ७३ अंकले बढेर एक हजार २०९ दशमलब ७१ अंकमा पुगेको छ ।
आजको कारोबारमा सबैभन्दा निर्जिबन बीमा समूहको परिचूचक २०५ दशमलब ६४ अंक, जीवन बीमा १२९ दशमलब ८२ अंक, उत्पादन मूलक समूह ३९ दशमलब २३ अंकले बढेको छ ।
त्यसैगरी, विकास बैंक ३६ दशमलब ८१ अंक, लघुवित्त ३५ दशमलब २८ अंक, जलबिधुत ३४ दशमलब ५३ अंक, होटल २९ दशमलब २९ अंक र बाणिज्य बैंकको परिसूचकमा २४ दशमलब ८६ अंकले सुधार आएको छ ।
मंगलबारको तुलनामा आज कारोबार रकममा पनि सुधार आएको छ।
नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ५ हजार ८३३ कारोबारबाट ३६ करोड एक लाख ६३ हजार ४५८ रुपैयाँ बराबरका १० लाख ६८ हजार ५५७ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
मंगलबार नेप्सेमा १६० कम्पनीहरुको ३ हजार २७८ कारोबारबाट १८ करोड ९५ लाख ८६ हजार ७३५ रुपैयाँ बराबरका ७ लाख ३२ हजार ७२५ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।