काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा० का सांसद गोकर्ण बिष्टले दशैभत्ता फिर्ता गरेका छन्।
उनले संसद सचिवालयलाई पत्र लेख्दै दशैं खर्चको नाममा दिन लागिएको सुविधावापतको रकम थोरै भएपनि सर्वसाधारण जनताको उपचार र राहतमा सहयोग पुगोस् भन्ने भावनाले सोही पत्रसाथ संसद सचिवालयको चेकमार्फत् फिर्ता गरेको जनाएका हुन्।

आम नागरिकले चरम पीडा भोगिरहेको र देशमा गम्भीर संकट थपिँदै गएको अवस्थामा सांसदको हैसियतमा दशैं खर्चको नाममा सुविधा लिने कुरा सामाजिक हिसाबले उपयुक्त नहुने उनको भनाइ छ।
Facebook Comments Box
