काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरीको उद्घाटन गरेकी छन्।
बुधबार आयोजित एक समारोहकाबीच राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्।

भूकम्प गएकै वर्ष २०७२ माघ २ गतेबाट रानीपोखरीको पुनःनिर्माणको थालनी भएको थियो । रानीपोखरीको मल्लकालीन शैलीमा नेपाल सरकारले पुनर्निर्माण गरेको हो।
पूनर्निमाणपछि रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन्।
उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले भूकम्पका कारण भएको मानवीय क्षति फिर्ता गर्न नसके पनि भौतिक संरचना भने अझ बलियो गरी निमाएण गर्ने प्रतिवद्धताले मूर्तता पाउँदै गएकोमा आफूलाई खुसी लागेको बताइन्।
उनले भूकम्पबाट क्षति भएका बाँकी संरचनाले पनि छिट्टै पूर्णत पाउने विश्वास उनले गरिन्।
उनले प्रताव मल्लले निर्माण गरेको रानी पोखरीको आफ्नै एतिहासिक, सांस्कृतिक र पर्यावरणीय महत्व रहेको बताइन्।

बुधबार उद्घाटन कार्यक्रममा विभिन्न तीर्थस्थलबाट ल्याइएको जल राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले पोखरीमा खन्याएका थिए ।

रानीपोखरीको उद्घाटन लगत्तै राष्ट्रपति भण्डारीले दरबार हाइस्कुलको पनि उद्घाटन गरेकी छन्। दरबार हाइस्कुल चीन सरकारको सहयोगमा निर्माण भएको हो।