Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » मत सर्वेक्षणमा अघि रहेका बाइडेनले के जित्लान त अमेरिकी चुनाव?, यस्तो छ ट्रंप-बाइडेन चुनावी तयारी

    मत सर्वेक्षणमा अघि रहेका बाइडेनले के जित्लान त अमेरिकी चुनाव?, यस्तो छ ट्रंप-बाइडेन चुनावी तयारी

    पहिलोक्लिकपहिलोक्लिकOctober 28, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    न्युयोर्क: सन् २०१६, नोभेम्बर ९, अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना तीव्र गतिमा हुँदै थियो । चुनावी नतिजाको पखाई, चासो र चिन्ता अत्यधिक थियो । यसैक्रममा बिहान दुई बजेर २९ मिनेटमा एसोसिएट प्रेस (एपी) ले समाचार ‘ब्रेकिङ’ गर्‍यो -‘विस्कन्सिन राज्यमा डोनाल्ड जोन ट्रम्प विजयी । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति निर्वाचित ।’

    डोनाल्ड ट्रम्प र जो बाइडेन
    यो समाचार ब्रेक हुँदासमेत न्युयोर्क टाइम्सको अनलाइन संस्करणमा हिलारी क्लिन्टनको चुनाव जित्ने सम्भावना ८४ प्रतिशत रहेको उल्लेख थियो । चुनावी दिन, नोभेम्बर ८ को न्युयोर्क टाइम्सको प्रिन्ट संस्करणको पहिलो पेजमै लेखिएको थियो, ‘ट्रम्पको जित्ने सम्भावना १५ प्रतिशत । ’

    धेरै समाचार एजेन्सी एवं सर्वेक्षेणअनुकुल नतिजा आएको थिएन । त्यो नतिजा धेरैका लागि अप्रत्यासित र अपत्यारिलो मात्र नभएर स्तब्ध पार्ने खालको थियो । त्यो परिणामले अमेरिकी निर्वाचनको इतिहासमै धेरै हदसम्म मिडिया र सर्वेक्षणहरुको विश्वसनीयता एवम वैधानिकतामाथि प्रश्न उठ्यो । सर्वेक्षणको प्रक्रियामा गम्भीर त्रुटि भएको हुनसक्ने आकलन गरियो । सर्वेक्षणमा सहभागी भएकाले झुट बोलेको हुनसक्ने बताइयो । स्पष्ट पक्ष के भने, सर्वेक्षणको नमुना संकलन गलत भयो । र त्यही परिदृश्यमा, अहिलेको अमेरिकी निर्वाचन हुँदैछ । विकसित देशहरुमा निर्वाचन सर्वेक्षणको लामो इतिहास छ ।

    यद्यपि अमेरिकामा सन १९३० को मध्यदेखि योजनाबद्ध सर्वेक्षणहरु भएको पाइन्छ । एकाध रुपमा सर्वेक्षणहरु असफल भए पनि, प्राय: सर्वेक्षणहरु सही नै हुन्छन् भन्ने आम मान्यता छ । तर पनि ट्रम्पको त्यो जितले, यसपटकको सर्वेक्षणको विश्वसनीयतामाथि शंका उत्पन्न गराएको स्पष्ट छ । त्यसैले पनि सन २०१६ को तुलनामा यसपटकको निर्वाचनको सम्भावित परिणामबारे विश्लेषकहरु अलि हच्चिएका छन् ।

    यस पटकका धेरै सर्वेक्षणमा सत्तासीन राष्ट्रपति ट्रम्प, डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनभन्दा ८ देखि १० प्रतिशतको अन्तरले पछाडि छन् । जुन चार वर्षअघि हिलारी क्लिन्टनको पालामा गरिएको आकलनभन्दा फराकिलो अन्तर हो । त्यति बेला हिलारीले ४ देखि ५ प्रतिशत बढी मत ल्याएर विजयी हुने आकलन गरिएको थियो । निर्वाचनलाई नतिजालाई उलट पुलट पार्ने भनिएका एक दर्जन राज्यमध्ये १० राज्यमा बाइडेन ट्रम्पभन्दा अगाडि देखिएको सर्वेक्षणमा उल्लेख छ । त्यसैले पनि एकथरि विश्लेषकहरु ढुक्क छन् । तर आमधारणा भन्ने ढुलमुले नै छ ।

    अमेरिकी इतिहासमा, सन् २०१६ को निर्वाचन बाहेक, एउटा अर्को निर्वाचन पनि छ, जसले सर्वेक्षणको वैधानिकतामाथि प्रश्न उठाएको थियो । त्यो हो, सन १९४८ को अमेरिकी राष्ट्रपति निर्वाचन । सबै सर्वेक्षण मात्र होइन, सबैभन्दा विश्वासिलो मानिएका पोलस्टर जर्ज गलअपले लेख्यो, ‘सत्तासीन राष्ट्रपति ह्यारी ट्रुम्यानले जित्ने सम्भावना १० प्रतिशत । रिपब्लिकन उम्मेदबार थोमस डबिएको जित निश्चित । तर नतिजा ठिक उल्टो भयो । डेमोक्रयाट् ह्यारी ट्रुम्यानले सानदार जित हासिल गरे ।

    यो बाहेक, सन १९८० को जिम्मी कार्टर र रोनाल्ड रेगनको निर्वाचनमा पनि अधिंकाश सर्वेक्षणहरुले रेगनले एकदेखि दुई प्रतिशतको झिनो अन्तरले जित्ने आकलन गरेका थिए । तर अनुमानविपरीत रेगनले ठूलो अन्तरले जिते ।

    प्राय: अमेरिकामा सर्वेक्षणहरु मिडिया र विश्वविद्यालयका रिसर्च विभागले संयुक्त रुपमा गर्ने गर्छन् । फोन र अनलाइनका माध्यमबाट दुई सयदेखि एक हजारसम्मको संख्या छनोट गरिन्छ । जति धेरै संख्या, त्यति नै सर्वेक्षण विश्वसनीय हुने विश्वास गरिन्छ ।

    चार वर्षअघिको सर्वेक्षणहरु किन गलत भन्ने विश्लेषणमा मूलत: एउटै निष्कर्ष निक्लिएको थियो । त्यतिबेला अधिंकाश सर्वेक्षणहरु, राज्यहरुको नतिजाभन्दा बढी राष्ट्रिय रुपमा केन्द्रित भएको बताइएको थियो । त्यतिबेला सर्वेक्षणलाई बढी नै सामान्यीकरण गरिएको बताइन्छ । हिलारी क्लिन्टनले पाएको लोकप्रिय मतलाई सर्वेक्षणले सही साबित गरे पनि, रणभूमि राज्यहरुको नतिजामा उनीहरु चुके । जसले नतिजालाई निर्धारण गर्छ । अर्को महत्वपूर्ण पक्ष, मतदानको अन्तिम दिन, ट्रम्पका सर्मथकहरुको उर्लंदो भेललाई सर्वेक्षणहरुले नजरअन्दाज गरे । लस एन्जलस टाइम्स र साउदर्न क्यालिफोर्निया विश्वविद्यालयको सर्वेक्षणले मात्र ट्रम्पले जित्ने अनुमान गरेका थियो ।

    यो परिदृश्यमा सर्वेक्षणहरु सही हुन्छन् कि हुँदैनन् भन्न निकै कठिन छ । तर पनि विगतका गल्तीप्रति अहिलेका सर्वेक्षण संवेदनशील रहेको बताइएको छ । अर्कोतर्फ सर्वेक्षणको दौरान, अर्ली भोटिङको क्रम निकै उर्लंदो छ । निर्वाचनका दिनसम्म यो संख्या एक सय मिलियन अर्थात १० करोडको पुग्ने अनुमान छ । विगतको इतिहासले भन्छ, जति धेरै मतदान, उति धेरै फाइदा, उदारवादीहरुलाई । जति थोरै, त्यति नै अनुदारवादीलाई अनुकूल ।

    जे होस् यस पटक बाइडेनले जित्छन् कि ट्रम्पले । यसका लागि कम्तीमा अझै दुई साता पर्खनुपर्ने देखिन्छ । यसपटक पहिलेजस्तो निर्वाचनकै दिनको भोलिपल्ट नतिजा आउने छैन । हुलाकी मतदानले गणना प्रक्रियालाई केही दिन लम्ब्याउने छ ।

    Facebook Comments Box

    बाइडेनले के जित्लान त अमेरिकी चुनाव
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.