काठमाडौँ: गएराती सम्पन्न आइपियल खेलमा राजस्थान रोयल्सले किंग्स इलेभन पंजावलाई ७ विकेटले पराजित गरेको छ। सनसनीपूर्ण खेलमा पंजावले पेस गरेको १८६ रनको लक्ष राजस्थानले १७ ओभर ३ बलमै भेटाएको हो ।
पंजावले पेस गरेको फराकिलो स्कोरमा उनीहरुले जित्ने आंकलन गरिएपनि राजस्थानका अस्ट्रेलियाली कप्तान स्टिभ स्मिथ, बेन स्टक, संजु सामसन, जस बट्लर र रबिन उथप्पाको क्रमश: ३१, ५०, ४८, २२ र ३० रनको साझेदारीले गर्दा पान्जाले पेश गरेको दरिलो अंक जितका लागि पर्याप्त हुन सकेन।
यस जित संगै ठुलो अंक योगफल बनेकोले समग्र अंक तालिका पनि राजस्थान र पंजावले आफ्नो बढोत्तरी गरेको छ।
यस जित संगै राजस्थान अंक तालिकाको ५ औं र पंजाव ४ औं स्थान रहेका छन्।