काठमाडौँ : अमेरिकन डलरसंग नेपाली रुपैयाँ शुक्रबार इतिहाँसमै कमजोर भएको छ । केन्द्रीय बैंकले शुक्रबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११२.५५ रुपैयाँ र खरीद दर १११.९५ रुपैयाँ तोकेको थियो । मंगलबारको रेकर्डलाई तोड्दै आज पुन: नयाँ रेकर्ड कायम भएको हो ।
केन्द्रीय बैंकले मंगलबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११२.२० रुपैयाँ र खरीद दर १११.६० रुपैयाँ तोकेको थियो ।
अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो ।
अमेरिकामा डलरको माग बढी हुँदा बिकशित मुलकबाट डलर अमेरिकामा जाँदा डलर मजबुत हुन गएको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउछन् ।
अमेरिकी सरकारले लगानीमा सरल र करमा लचिलो नीति लिएका कारण लगानीकर्ताहरु अमेरिकामा लगानी गर्न आकर्षित हुन गई त्यहाँ डलर प्रबाह हुन गएको उनको भनाइ छ ।
अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने हुँदा डलरको माग बढीरहेको छ जसलेगर्दा डलर मजबुत भएको छ जुन आउने दिनमा अझै बढ्दै जाने संकेत देखिएको हो ।
उनले भने- ‘डलरसंग भारतीया रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामा परेको हो । अहिले बिदेशी लगानीकर्ताहरु भारत लगायत अन्य देशबाट लगानी झिकीरहेका छन । त्यसैले डलर मजबुत हुदै गएको हो ।’
अन्तर्रराष्ट्रियबजारमा कच्चातेलको मूल्यमा गिरावट आउनु, सुनको मूल्य घट्नुले पनि लगानीकर्ताले डलरमा लगानी बढाउदा डलरको माग बढ्नगई डलर मुजबुत भएको उनले बताए ।