Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 20
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » उद्योग वाणिज्य महासङ्घको साधारणसभा आज, नयाँ कार्यसमितिको निर्वाचन मंसिर १३ गते

    उद्योग वाणिज्य महासङ्घको साधारणसभा आज, नयाँ कार्यसमितिको निर्वाचन मंसिर १३ गते

    पहिलोक्लिकपहिलोक्लिकNovember 26, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: अन्ततः नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ साधारणसभा तथा महासङ्घको नयाँ कार्यसमितिको निर्वाचन हुने भएको छ ।

    कोभिड–१९ का कारण गत चैतदेखि प्रभावित हुँदै आएको महासङ्घको साधारणसभा तथा नेतृत्व चयनको प्रक्रियाले अन्ततः ८ महिनापछि औपचारिकता पाउने भएको हो ।

    महासङ्घको ५४ औँ साधारणसभा बिहीबारबाट राजधानीमा शुरु हुँदै छ । वार्षिक साधारणसभासहित महासङ्घको नयाँ कार्यसमिति समेत चयन गर्ने सो सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै उद्घाटन गर्दैछन् । भर्चुअल माध्यमबाट हुने सोसभाको उद्घाटन बिहान साढे ११ बजेलाई तोकिएको छ ।

    महासङ्घको कार्यतालिका अनुसार बिहीबार अर्थात् मंसिर ११ गते प्रधानमन्त्री मार्फत जुमबाट साधारणसभाको उद्घाटन गर्ने, मंसिर १२ गते (शुक्रवार) बिहान १० बजे जुमबाटै महासङ्घको साधारणसभाको बन्द सत्र कार्यक्रम सञ्चालन गर्ने र मंसिर १३ गते (शनिवार) बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

    साधारणसभाका दुई कार्यक्रम जुममार्फत् महासङ्घबाटै गर्ने कार्यक्रम रहेपनि नयाँ कार्यसमिति छनोटको निर्वाचनका लागि भने महासङ्घले छुट्टाछुट्टै तीन स्थानको व्यवस्था गरेको छ । महासङ्घले उद्योग वाणिज्य समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, एशोसिएट समूहका लागि कार्की व्याङ्क्वेट माइतीघर र वस्तुगत संघ समूहका लागि महासङ्घको आफ्नै सचिवालय, टेकुमा निर्वाचन केन्द्र रहने गरी व्यवस्था मिलाएको छ ।

    कोभिड–१९ को महामारीकै बीच आयोजना हुँदै गरेको महासङ्घको साधारणसभा तथा निर्वाचनका लागि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै छुट्टाछुट्टै समूहका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

    त्यसो त कोभिड–१९ को संक्रमण तथा स्वास्थ्य सुरक्षालाई नै ध्यानमा राख्दै कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरूलाई भने सबै समूहका लागि एउटै निर्वाचन केन्द्र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीबाटै मतदान गर्न पाउने गरी व्यवस्था मिलाईएको निर्वाचन अधिकृत लिलामणि पौडेलले रातोपाटीसँग बताए ।

    यदि त्यस्ता मतदाताहरू भए आफै वा आफ्नो संस्था मार्फत यथाशक्य चाँडो निर्वाचन समितिलाई जानकारी गराउन समेत सबै व्यवसायी मतदाताहरुमा अनुरोध गरिएको अधिकृत पौडेलले बताए ।

    ६२ पदका लागि १२१ जना चुनावी मैदानमा

    उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष सहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदका लागि निर्वाचन हुदैछ । प्रारम्भिक चरणमा कुल ६४ पदका लागि १२७ जनाले आंकक्षा देखाए पनि अन्तिम समयमा ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि र २ जना निर्विरोध हुदा अहिले बाँकी ६२ पदका लागि १२१ जना चुनावी मैदानमा छन् ।

    जस मध्यबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्ला/नगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट सदस्य, २ द्विराष्ट्र सदस्य र १ संस्थापक सदस्य गरी कुल ६४ पदाधिकारी निर्वाचित भएर आउने छन् ।

    अध्यक्षमा भने हालका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै ५४ औं साधारणसभा पश्चात् महासङ्घको अध्यक्ष बन्ने छन् ।

    १ हजार १ सय ५७ जनाले मतदान गर्ने

    महासङ्घको नेतृत्व चयनका लागि ६२ पदका लागि १२७ जना चुनावी मैदानमा लडिरहँदा कुल ६२ पदका लागि १ हजार १ सय ५७ जनाले मतदान गर्ने भएका छन् ।

    महासङ्घको निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार १ हजार १ सय ५७ जना मतदाहरुको नाम भोटिङ लिस्टमा सूचीकृत भएको छ । जसमध्य जिल्ला र नगर तर्फबाट १०७, वस्तुगत तर्फबाट १०३ , एशोसिएट तर्फबाट ९२३ मतदाताहरु रहेका छन् ।

    त्यस्तै, द्विराष्ट्रियबाट १२ र संस्थागत तर्फबाट पनि १२ गरी कुल १,१५७ मत रहनेछन् । यद्यपि यो नै अन्तिम मत रहने वा नरहने निश्चित छैन । निर्वाचन अधिकृत पौडेलका अनुसार मतदाताहरुको नामावली अन्तिम पटक अद्यावधि गर्दा यो संख्या घट्न पनि सक्छ । समितिले बिहीबार बिहानसम्म मतदाताको अन्तिम नामावली अद्यावधि गरी प्रकाशित गर्दैछ । जसमध्ये एसोसिएटतर्फका १२ देखि २० मतदाता रद्द हुने सम्भावना रहेको पौडेलले बताए ।

    ‘अहिलेसम्म हामीसँग भएका लिस्टेड मतदाताहरुको नामावली अनुसार सबै समूहमा गरी कुल १,१५७ मत हो । तर यो नै अन्तिम मत भने होइन । यसमा केही मत घट्न पनि सक्छन् ।’

    निर्वाचन अधिकृत पौडेलले भने, ‘मर्जरमा गएका वा अस्तित्वमै नभएका कम्पनीको मताधिकार रद्द हुन सक्छ । यसले केही मतदाता संख्या घट्न सक्छ । के कति घट्छन् त्यो भने बिहीबार बिहान प्रकाशित हुने अन्तिम नामावली पछि मात्र थाहा होला’ पौडेलले भने ।

    पौडेलका अनुसार यस्तो संख्या एशोसिएट समूहबाट १५–२० वटा सम्म घट्न सक्छ ।

    यता मतदान प्रक्रियामा भने जुन समूहको निर्वाचन हो सोही समूहका सदस्यले मात्रै समूहगत रुपमा उठेका उम्मेदवारलाई मतदान गर्न पाउँछन् । तर वरिष्ठ उपाध्यक्षलाई भने सबैले मत दिन पाउने व्यवस्था गरिएको छ ।

    निर्वाचनका लागि ५ किसिमको मतपत्र

    निर्वाचनका लागि समितिले ५ किसिमको मतपत्रको व्यवस्था गरेको छ । छुट्टाछुट्टै ५ रङ्गमा उपलब्ध हुने मतपत्र विषयगत उम्मेदवारका छुट्टाछुट्टै पदका लागि प्रयोग गर्ने तयारी गरिएको समितिले जनाएको छ । तर कुन रङ्गको मतपत्र कसका लागि हुने भन्ने यकिन भइसकेको छैन । यसको निर्क्यौल बिहीबार मात्रै हुने निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।

    महासङ्घको नेतृत्वका लागि दुई प्यानमा हुँदै गरेको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान भिड्दै छन् भने, जिल्ला÷नगर तर्फ दिनेश श्रेष्ठ र गुणनिधि तिवारी, वस्तुगत संघतर्फ पुष्पलाल श्रेष्ठ र अन्जन श्रेष्ठ र एशोसिएट तर्फ सौरभ ज्योति र रामचन्द्र संघाई भिड्दै छन् ।

    Facebook Comments Box

    नेपाल उद्योग वाणिज्य महासंघ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.