एपी:बक्सिङ्गका पूर्व हेबिवेट च्याम्पियन तथा मोहमद अलीलाई समेत हराएर ;हेबिवेट’ उपाधि जितेका लियोन स्पिंक्सको शुक्रबार ६७ वर्षको उमेरमा निधन भएको छ ।
ओलम्पिक खेलमा समेत सन् १९७६ मा स्वर्ण पदक जितेका उनको निधन प्रोस्टेट क्यान्सरका कारण भएको उनका आफन्तहरुले एपीलाई जनाएका छन् ।
तर उनको चर्चा जब चुलियो तब उनले बक्सिङ्गका हस्ती मुक्केबाज मोहम्मद अलिलाई १९७८ मा हराए। मोहम्मदलाई हराउनु पूर्व उनले आफ्नो जीवनमा मात्र ७ व्यवसायिक प्रतिस्पर्धा गरेका थिए । उनी सेन्ट लुइस सहरका अमेरिकी नागरिक हुन् ।

Facebook Comments Box