काठमाडौं: नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले राजीनामा दिएका छन् । अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरी अध्यक्ष भएका उनले राजीनामा दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
अधिकारी राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी हुन् । राष्ट्र बैंकको ३० वर्षे सेवा गरेपछि राजीनामा दिएका अधिकारी २०७५ साल पुस नेपाल बैंकमा प्रवेश गरेका थिए । ४ वर्षका लागि नियुक्त उनले २६ महिनामै राजीनामा दिएका हुन् ।
राजीनामाको कारण भने खुलेको छैन । उनको राजीनामा स्वीकृत गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
Facebook Comments Box