काठमाडौं : बेलायती कार उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) मोर्टसको नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोर्टसले एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको छ ।
एमजी गाडीको उत्पादन मोरिस ग्यारेजको नामबाट १९२१ मा सुरु भएको ९७ बर्ष पुरानो कम्पनि हो । त्यतिबेला स्पोर्टस र क्रिबेलेट्स कारहरुको उत्पादन सुरु गरेको कम्पनीले २०१४ मा आईपुग्दा एमजीले मेन्युफ्याक्चरर च्याम्पीएनसीप समेत जीतेको छ ।
त्यसैगरी, कम्पनीले अन्तर्राष्ट्रिय स्तरको शोरुम काठमाडौँको नक्सालमा खोलेको छ । कम्पनीको नेपाल स्थित अन्तर्राष्ट्रिय स्तरको नवनिर्मित शोरुम नक्सालमा मंगलबार एक समारोहका बीच नेपालका लागि बेलाएती राजदूत रिचर्ड मोरिसले गरेका छन् ।
पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्याल भन्छन ‘एमजी एक विश्वको सबैभन्दा छिटो प्रगति गरिरहेको मोटर कम्पनी मध्येको एक हो । बिगत केही वर्षदेखि एमजी ब्राण्डले नयाँ–नयाँ मोडल बजारमा ल्याएर बलियो पकड राख्दै अविश्वसनीय प्रगति गर्दै आइरहेको छ ।’
शोरुमको उद्घाटनसँगै यसले एमजीको महत्कांक्षी योजनामा सहयोग पुग्ने उनले बताए ।
‘अन्तर्राष्ट्रिय मोटर ब्रान्डहरुको वर्चश्व रहेको नेपाली बजारमा एमजीको उपस्थितीले अझै गाडी पारखिलाई उत्साहित बनाएको छ । एमजीका बहुप्रतीक्षीत जीएस र जेडएस मोडलको आगमनबाट हामीसमेत निकै उत्साहित भएका छौ । साथै, विश्वको प्रमुख मोटर उत्पादक कम्पनी एमजीेसँगको सहकार्यले हामी र हाम्रा ग्राहकहरु निकै खुसी भएका छौ ’ अर्यालले भने ।

उनले सेडानको विकल्प हुनसक्ने यी जीएस र जेडएस मोडलका कम्प्याक्ट प्रिमिएम एसयुभी विश्व बजारमा अतिनै मनपराइएका मोडल भएको बताए ।एमजी जिएसमा अटोमेटिक हेडल्याम्प देखि क्रुज कन्ट्रोलसम्म रहेको छ । रियर पार्किङ सेन्सर र क्यामेरा, डिएबी रेडियो र ब्लुतुथ, जुन एउटा उत्कृष्ट एसयुभीमा हुने सुविधा सबै यो कारमा रहेको कम्पनीले जनाएको छ ।
जीएस २.० लिटर इन्जिन, टर्बो ४ सिलिन्डरमा उपलब्ध रहेको छ । यो कारले ५३०० आरपीएममा २१८ बिएचपी पावर र २५०० आरपीएममा ३५० एनएम टर्क उत्पादन गर्छ । यो कार अल ह्वील ड्राइभ कार हो । यसमा ५५ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ । यो एसयुभीको उचाई १६९९ एमएम रहेको छ भने, यसको लम्बाई ४५०० एमएम रहेको छ ।

एमजी जेडएस कारमा दिइएको ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ बिएचपी पावर र १४१ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
यसको उचाई १६४८ एमएम रहेको छ भने, यसको लम्बाई ४३१४ एमएम रहेको छ । यसको ह्वीलवेस २५८५ एमएम रहेको छ । यसमा ४८ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ ।