Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 18
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकको अझ कडा लगाम

    रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकको अझ कडा लगाम

    पहिलोक्लिकपहिलोक्लिकJune 26, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: रेमिट्यान्स कम्पनीहरूले अब विदेशी मुद्राको समान विनिमय दर कायम गर्नुपर्ने भएको छ । रेमिट्यान्स कम्पनीहरूले विनिमय दरमा फरक गरेर व्यापार गरिरहेको सूचनाका आधारमा राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

    निर्देशनमा सबै रेमिट्यान्स कम्पनीले समान विनिमय दर कायम गर्नुपर्ने, सम्झौतापत्रमा उल्लेख भएको भन्दा बढी सुविधा विदेशी सेवा प्रदायकलाई दिन नपाइने र एजेन्ट तथा सब–एजेन्टबाट धरौटी लिँदा बैंक तथा वित्तीय संस्थाको जमानत लिनुपर्ने उल्लेख छ । सबै रेमिट्यान्स सेवा प्रदायक संघसंस्थालाई विदेशी विनिमय डिलर एसोसिएसन (फरेन एक्सचेन्ज डिलर एसोसिएसन अफ नेपाल–फेडान) को सदस्यता लिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

    यो समाचार हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौँ ।

    नयाँ व्यवस्थाअनुसार अब फेडानले राष्ट्र बैंकबाट प्रकाशित हुने सबै विदेशी मुद्राका लागि औसत खरिद दर तय गरी प्रत्येक दिन बिहान १० बजे र दिउँसो रेमिट्यान्स विनिमय दरको रूपमा प्रकाशित गर्नुपर्नेछ । सोही दरलाई आधार मानी बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीले रेमिट्यान्स प्रयोजनका लागि समान रूपमा विनिमय दर कायम गर्नुपर्नेछ । ‘फेडानले दैनिक २ पटक प्रकाशित गर्ने रेमिट्यान्स विनिमय दर सबै बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीलाई उपलब्ध गराउनुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘त्यस्तो विनिमय दरको विवरण फेडानले प्रत्येक दिन राष्ट्र बैंकमा पनि पठाउनुपर्नेछ । रेमिट्यान्स कारोबार गर्ने सबै संस्था फेडानको सदस्य हुनुपर्नेछ ।’

    हाल रेमिट्यान्स कम्पनीमा फरक–फरक विनिमय दर कायम हुँदै आएको थियो । त्यसलाई एकरूपता गराउनकै लागि विदेशी मुद्राको विनिमय दर तोक्ने जिम्मा फेडानलाई दिइएको र सबै रेमिट्यान्स सेवा प्रदायकले सोही दरका आधारमा कारोबार गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो व्यवस्थाले रेमिट्यान्स सेवा प्रदायकबीचको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण हुनुका साथै सेवाग्राहीलाई पनि अन्योल नहुने राष्ट्र बैंकको दाबी छ ।

    अब फेडानले प्रकाशित गर्ने विनिमय दरअनुसार सबै रेमिट्यान्स कम्पनीले विदेशमा रहेका नेपालीको पैसा पठाउनुपर्नेछ । यस्तै, राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीलाई आफ्ना एजेन्टसँग नगद धरौटी लिँदा बैंकिङ जमानत प्राप्त गर्नुपर्ने निर्देशन पनि दिएको छ । ‘रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूले नगद धरौटी लिई सब–एजेन्ट नियुक्ति गर्ने गरेको भए सो नगदको सट्टामा जमानत प्रयोजनका लागि वैकल्पिक व्यवस्था (बैंक तथा वित्तीय संस्थाबाट जारी भएको जमानत) लिनुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

    राष्ट्र बैंकबाट अनुमति लिँदा गरिएको सम्झौता पत्रमा उल्लेख भएको व्यवस्थाबाहेक विदेशी रेमिट्यान्स सेवा प्रदायकलाई कुनै प्रकारको वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकबाट अनुमति प्राप्त रेमिट्यान्स कम्पनीका देशव्यापी रूपमा हजारौं रेमिट एजेन्ट हुन्छन् । त्यस्ता एजेन्टसँग कम्पनीले कारोबार गर्नका लागि केही परिमाणमा रकम धरौटी उठाउँछन् । अब त्यो धरौटीको बैंक जमानत लिनुपर्ने निर्देशन राष्ट्र बैंकले दिएको हो । हाल नेपालमा ५२ रेमिट्यान्स कम्पनी छन् । कुल रेमिट्यान्समध्ये ५५ प्रतिशत यी कम्पनीमार्फत नेपाल भित्रन्छ ।

    बाँकी ४५ प्रतिशत बैंकहरूमार्फत आउने गरेको छ । रेमिट्यान्स पठाउँदा औसतमा प्रतिकारोबार सेवा शुल्कका रूपमा ५/६ अमेरिकी डलर सम्बद्ध व्यक्तिले खर्च गर्नुपर्ने हुन्छ । यसको तुलनामा हुन्डीबाट पैसा पठाउँदा सस्तो पर्छ । यसकारण पनि धेरैले हुन्डीलगायत गैरकानुनी माध्यमबाट रेमिट्यान्स नेपाल पठाउँदै आएका छन् । यसरी आएको रेमिट्यान्सको अभिलेख हुँदैन र सरकारले कर पनि पाउँदैन ।

    Facebook Comments Box

    रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंक
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.