काठमाडौँ: कर्णाली प्रदेशमा अध्यादेशबाट बजेट सार्वजनिक गरिएको छ भने लु्म्बिनी प्रदेशमा बजेट पारित हुन नसकेपछि मध्यरातमा संसद् अधिवेशनै अन्त्य गरिएको छ।
नेकपा एमालेका सांसदले निरन्तर संसद् बैठक अवरुद्ध गरेपछि कर्णाली प्रदेशले चालु अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएको हो।
बुधबार राति चालु अधिवेशन अन्त्य गरेर बिहीबार अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट प्रस्तुत गरेको हो।
यता लुम्बिनी प्रदेशमा भने बजेट पारित हुन नसकेपछि मध्यराति संसद् अधिवेशन अन्त्य गरिएको छ।
लुम्बिनी प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार मुख्यमन्त्रीको सिफारिसमा बिहीबार राति १२ बजे संसदको चालु आठौं अधिवेशन अन्त्य गरिएको हो।