Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 20
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » माधव नेपालको नयाँ प्रस्ताव : झलनाथ वा अष्टलक्ष्मीलाई अध्यक्ष बनाऔं

    माधव नेपालको नयाँ प्रस्ताव : झलनाथ वा अष्टलक्ष्मीलाई अध्यक्ष बनाऔं

    पहिलोक्लिकपहिलोक्लिकJuly 29, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी महाधिवेशनसम्म दुईजना अध्यक्ष बनाउने ओली पक्षको प्रस्तावप्रति सकारात्मक बन्न सकिने जनाऊ दिएका छन् ।

    तर, दोस्रो अध्यक्षमा आफ्नो रुची नरहेको भन्दै नेता नेपालले झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य वा युवराज ज्ञवालीलाई अध्यक्ष बनाउन सकिने बताएका छन् ।

    माधव पक्षको पछिल्लो स्थायी कमिटी बैठकमा नेता नेपालले ओलीसँग दोस्रो अध्यक्ष बन्ने आफूमा कुनै रुची नरहेको स्पष्ट पारे । तर, सबैको सहमति भएमा महाधिवेशनसम्म दुईजना अध्यक्ष बनाएर अघि बढ्ने प्रस्तावमा आफ्नो सहयोग रहने नेता नेपालले आफ्नो समूहको बैठकमा बताए ।

    ‘माधव कमरेडले केपी ओलीसँग दोस्रो अध्यक्ष बन्न आफ्नो रुची छैन भन्नुभयो,’ एक स्थायी कमिटी सदस्यले भने, ‘झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य वा युवराज ज्ञवालीलाई अध्यक्ष बनाएर सहमति हुन्छ भने आफ्नो आपत्ति नरहने माधव कमरेडले बताउनुभएको छ ।’

    भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायतका दोस्रो पुस्ताका नेताहरु नै दोस्रो अध्यक्ष बनेर सहमति जुट्छ भने पनि त्यसमा आफ्नो सहयोग हुने नेता नेपालले बैठकमा बताएका थिए । बैठकमा नेपालको भनाइ थियो, ‘तपाईहरु अध्यक्ष बन्नोस्, यसमा मेरो सहयोग रहन्छ, तर दोस्रो अध्यक्ष बन्ने मेरो रुची छैन ।’

    बैठकमा सहभागी एमाले नेताका अनुसार पार्टीको एकल नेतृत्व गर्नुपर्ने अवस्था आएमा माधव नेपाल त्यसका लागि तयार छन् । त्यस्तै, महाधिवेशन जितेर अध्यक्ष बन्न पनि उनी तयार देखिएका छन् । तर, अन्तरिम कालमा ओलीसँग दोस्रो अध्यक्ष नबन्ने उनको अडान छ । तैपनि पार्टी एकतावद्ध हुन्छ भने आफ्नो समूहबाट अरु कसैलाई ओलीसँगै अध्यक्ष बनाएर महाधिवेशनसम्म जान सकिने नेता नेपालको स्वीकारोक्ति रहेको नेताहरु बताउँछन् ।

    दुईजना अध्यक्ष मात्रै होइन, ओली, झलनाथ र वामदेव गौतमको सचिवालय बनाएर महाधिवेशनमा जानसमेत सकिनेबारे माधव समूहको स्थायी कमिटी बैठकमा छलफल चलेको स्रोतले बतायो ।

    Facebook Comments Box

    माधव नेपाल
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.