काठमाडौँ:
राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज (सोमबार) बिहानैदेखि पुनः अवरुद्ध भएको छ।
नागढुंगाबाट झण्डै पाँचसय मिटर तल चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको नागढुंगा प्रहरीले जनाएको छ।
हिजो बिहानदेखि दिउँसो एक बजेसम्म अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको थियो। हिजो पहिरो गएकै ठाउँमा आज बिहान पुनः पहिरो गएको हो।
पहिरोले सडक दुईतर्फी नै पूर्णरुपमा अवरुद्ध भएको छ। पहिरोले सडक अवरुद्ध हुँदा सडकको दुबैतर्फ सवारी साधनको लामो लाइन लागेको छ।
पहिरो पन्छाउन केहीबेरअघिबाट डोजर परिचालन गरिएको छ। पहिरो पन्छाउन कम्तिमा पनि दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ।