काठमाडौँ: पछिल्लो २४ घण्टामा थप १ हजार ७५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ३३४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ९ हजार ७७३ जनाको पिसिआर र ४ हजार ५६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, २ हजार २७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
यसको संक्रमणबाट थप २३ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ।
Facebook Comments Box