काठमाडौँ; राप्रपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । राप्रपासमेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
सोमबार साँझ संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । राष्ट्रिय स्वाधीनताको रक्षा, दिगो शान्ति, राजनीतिक स्थिरता, विकास र समृद्धिको जनचाहना पूरा गर्न सरकारलाई समर्थन गरिएको राप्रपाले जनाएको छ ।
राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने लगायतका पार्टीले उठाएका राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाह सम्बन्धि बुँदाहरु न्युनतम साझा कार्यक्रममा समावेश भएको भन्दै खुसी व्यक्त गरेको छ । राप्रपाले सरकारमा जाने तयारी समेत गरेको छ ।
