काठमाडौँ:
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको बुवाको अन्त्येष्टि भोजपुरस्थित उनकै गाउँमा गरिने भएको छ।
मन्त्री किराँतीका पिता हर्कबहादुर राईको उपचारका क्रममा आज बिहान पौने ५ बजेतिर काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो।
तर उनको इच्छाअनुसार दाहसंस्कारका लागि उनको पार्थिव शरीर उनकै घर रहेको भोजपुरको ओख्रे लगिने भएको हो।
त्यसको तयारी गरुन्जेल पार्थिव शरीर पुल्चोकस्थित सरकारी निवासमा राखिने मन्त्री किराँतीको सचिवालयले जानकारी दिएको छ।
सचिवालयले भनेको छ, ‘बुवाको अन्तिम इच्छाअनुसार दहससंस्कारका लागि बुवाको पार्थिव शरीरलाई गाउँ लाने तयारी भइरहेको छ। तायारी पूरा नहुन्जेलसम्मको लागि सरकारी निवास पुलचोकमा बिहानको ११ बजे राखिने जानकारी गराइन्छ।’
