काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । भदौ ३० गते शनिबारदेखि लागू हुने गरी पेट्राृलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको ३ रुपैयाँ मूल्य बृद्धि गरिएको हो । चारआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी र वीरगंगजमा पेट्रोल प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिट १७०.५० रुपैयाँ पुगेको छ ।
यस्तै, सुर्खेत र दाङ्गमा पेट्रोल प्रतिलिटर १८२ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँ, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १८३ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १७३ रुपैयाँमा उपभोक्ताले खरिद गर्न पाउने छन् ।
इण्डियन आयल कर्पाेरेशन (आइओसी)बाट भदौ २९ गते प्राप्त नयाँ मूल्य सूची अनुसार मूल्य बढाएको निगमले बताएको छ । आईओसीले पेट्रोलमा प्रतिलिटर १.१२ रुपैयाँ र डिजेल र मट्टितेलको २.९१ रुपैयाँ मूल्य बढाएर सूची पठाएको थियो ।