Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 20
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘ग्राउन्ड ह्यान्डलिङ’ को एकाधिकार खोसिएपछि निगमको भविष्य चुनौतिपूर्ण, ४ अर्वले घट्ने छ आम्दानी

    ‘ग्राउन्ड ह्यान्डलिङ’ को एकाधिकार खोसिएपछि निगमको भविष्य चुनौतिपूर्ण, ४ अर्वले घट्ने छ आम्दानी

    पहिलोक्लिकपहिलोक्लिकDecember 1, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ:
    सरकारले नेपाल वायुसेवा निगमलाई बिनाप्रतिस्पर्धा दिँदै आएको त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवाको जिम्मेवारी खोस्ने भएको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा प्रतिस्पर्धाको आधारमा मात्रै दिने निर्णय गरेको हो।

    नेपाल वायुसेवा निगमले आफ्नो जहाज उडानमाभन्दा बढी ग्राउन्ड ह्यानडलिङमा ध्यान दिएको भन्ने आधारमा खुल्ला प्रतिस्पर्धा गर्न लागिएको प्राधिकरणले जनाएको छ।

    ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५(२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिको माध्यमबाट छनौट भएको संस्था मार्फत गराउने निर्णय भएको छ,’ प्राधिकरणले उल्लेख गरेको छ, ‘हालसम्म उक्त सेवा बिनाप्रतिस्पर्धा नेपाल वायुसेवा निगमले उपलब्ध गराउँदै आएको थियो।’

    सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले त्रिभुवन विमानस्थलसहित, भैरहवा र पोखरा विमानस्थलको समेत ग्राउन्ड ह्यानडलिङ गर्दै आएको छ।

    ‘प्राधिकरणको ऐन र नियमावली मै टेकेर खुल्ला प्रतिस्पर्धामा जाने निर्णय गरिएको हो,’ प्राधिकरणका उपमहानिर्देशक जगनाथ निरौलाले भने, ‘वायुसेवा निगम सरकारी निकाय नै भएको हुनाले त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको थियो। तर भूमिस्थ सेवाको विषयमा गुनासो र आफ्ना जहाज सञ्चालनभन्दा ग्राउन्ड ह्यान्डलिङमा ध्यान दिएको हो कि भनी खुला प्रतिस्पर्धा गर्ने निर्णय भएको हो।’

    प्राधिकरणले वायुसेवा निगमले उडान सुरक्षा र व्यवस्थापनमा ध्यान दिन नसकेको निष्कर्ष निकाल्दै ग्राउन्ड ह्यान्डलिङ खोसेको हो।

    ‘युरोपियन युनियनको अडिट रिपोर्ट, उड्डयन प्राधिकरणले गरेको अडिट, ग्राउन्ड ह्यान्डलिङको विषयमा जनस्तरबाट आएको गुनासोलाई आधार बनाएर खुला प्रतिस्पर्धामा जाने निर्णय गरिएको हो,’ प्राधिकरणका प्रवक्ता समेत रहेका निरौलाले बताए।

    सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको आम्दानी खोस्ने निर्णय गर्दा पछि हट्नुपर्ला नि भन्ने प्रश्नमा निरौलाले भने, ‘हामी प्राधिकरणको ऐन र नियमका आधारमा अघि बढेकाले हट्नु पर्दैन।’

    प्राधिकरणले अन्तर्राष्ट्रिय संघ संस्थासँग छलफल गरी टेन्डरको प्रक्रियामा जाने जनाएको छ। ग्राउन्ड ह्यान्डलिङकोलागि अन्तर्राष्ट्रिय टेन्डर नै आह्वान गरी नयाँ कम्पनी छनोट गर्ने प्राधिकरणले जनाएको छ। टेन्डर डकुमेन्ट र आयको अनुमानपछि बोलपत्र आह्वान गर्ने छ।

    ४ अर्बले आम्दानी घट्ने
    निगमको ठूलो आम्दानी हिस्सा समेत ग्राउन्ड ह्यान्डलिङबाट हुँदै आएको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमबाट त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा खोस्दा वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी घट्ने देखिएको छ। त्रिभुवन विमानस्थलमा उच्च चाप हुँदा निगमले ग्राउन्ड ह्यानडलिङबाटै ४ अर्ब २३ करोड रुपैयाँ कमाएको थियो।

    पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्व गठित निगम सुधार कार्यदलको प्रतिवेदनले निगमको ठूलो आम्दानी हिस्सा ग्राउन्ड ह्यान्डलिङ रहेको उल्लेख गरेका छन्।

    निगमले आर्थिक वर्ष २०७८/७९ मा भने १६ अर्ब ४२ करोड आम्दानी हुँदा १५ अर्ब २ करोड खर्च गरेको छ। निगमको आम्दानीमध्ये ग्राउन्ड ह्यान्डलिङबाट १९.८५ प्रतिशत आर्जन भएको छ। २०८० वैशाखसम्म आम्दानीको हिस्सा घटेर १२.७३ प्रतिशतमा सीमित भएको छ। आर्थिक वर्ष २०७४/७५ मा ग्राउन्ड ह्यान्डलिङ सेवाको आम्दानी ३७.६२ प्रतिशत थियो।

    प्रतिवेदनका अनुसार ग्राउन्ड ह्यान्डलिङ सेवा आम्दानी आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब १८ करोड ४० लाख छ। समग्रमा ग्राउन्ड ह्यान्डलिङ सेवा आम्दानी विगतका बर्षहरुमा भन्दा घटेको उल्लेख गरेको छ।

    कोभिडका २ वर्षबाहेक आव ०७४/०७५ मा ४ अर्ब ५ करोड र ०७५/०७६ मा ४ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको थियो। कोभिड महामारीको बीचमा उडान संख्या कम र छुट लगायतको कारण ०७६/७७ मा ३ अर्ब ६ करोड र ०७७/०७८ मा १ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको थियो।

    निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाको यथार्थ खर्च कति हो, लेखांकन भने गरेको छैन। हवाईजहाज सञ्चालनमा निगम नोक्सानमा छ भने ग्राउन्ड ह्यान्डलिङबाट नाफामा छ।

    २०७५/०७६ मा ४ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्दा २ अर्ब ९२ करोड रुपैयाँ ग्राउन्ड ह्यान्डलिङमा खर्च भएको छ। उक्त वर्ष १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको छ। ०७४/०७५ मा पनि १ अर्ब २५ करोड खुद नाफा गरेको छ। ०७८/०७९ मा ९८ करोड रुपैयाँ नाफा रहेको छ।

    Facebook Comments Box

    वायुसेवा निगम
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.