Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 19
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » चरणवद्ध आन्दोलनमा राप्रपा, २६ चैतमा शक्ति प्रदर्शनको तयारी

    चरणवद्ध आन्दोलनमा राप्रपा, २६ चैतमा शक्ति प्रदर्शनको तयारी

    पहिलोक्लिकपहिलोक्लिकApril 4, 2025No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं । पक्राउ परेका आफ्ना नेताहरू रिहाइ, तिनकुने घटनाको न्यायिक छानबिन लगायत माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चरणवद्ध आन्दोलन गरिरहेको छ ।

    आन्दोलनका कार्यक्रम अन्तर्गत आज राप्रपाले सडक प्रदर्शन र मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ । महामन्त्री राजेन्द्र गुरुङ सहितको टोलीले राष्ट्रिय मानव अधिकार आयोग पुगेर ज्ञापनपत्र बुझाएको हो ।

    सडक प्रदर्शनको नेतृत्व भने पशुपति शमशेर जबरा र प्रकाश चन्द्र लोहनीले गरेका छन् । राजधानी उपत्यकाका तीन जिल्लाले निकालेको प्रदर्शनको नेतृत्व जबरा र लोहनीले गरेका हुन् ।

    प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङदेन पूर्वनिर्धारित कार्यक्रमका निम्ति झापामा रहेकाले जबरा र लोहनीले आजको प्रदर्शनमा नेतृत्व गरेका हुन् ।

    गत १५ चैतको तिनकुने प्रदर्शनमा सामेल भएकाहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उक्त प्रदर्शनको नेतृत्व गर्ने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    तीनकुने प्रदर्शनको नेतृत्व गर्ने नवराज सुवेदी घरमै नजरबन्द छन् भने फिल्ड कमाण्डर दुर्गा प्रसाईं फरार छन् । राप्रपाले त्यसदिनको घटना छानबिन गर्न र पक्राउ परेका आफ्ना नेताहरू रिहाइको माग राखेर चरणबद्ध आन्दोलन गरिरहेको छ ।

    पक्राउ परेलगत्तै २४ घण्टे समय दिएर राप्रपाले देशभर मसाल जुलुस निकालेको थियो । त्यसपछि माइतीघर मण्डलमा प्रदर्शन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।

    तीनकुने प्रदर्शन हिंसात्मक बन्नुमा सरकार जिम्मेवार रहेको निष्कर्षसहित राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेको छ । गृहमन्त्री लेखकको राजीनामा, सम्बन्धित प्रहरी र प्रशासनिक नेतृत्वका अधिकारीहरुको निलम्बन लगायत माग राखेर राप्रपाले २६ चैतमा शक्ति प्रदर्शनको तयारी गरेको छ ।

    प्रवक्ता श्रेष्ठका अनुसार २६ चैतमा काठमाडौंमा बागमती प्रदेश स्तरीय शक्ति प्रदर्शन हुनेछ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.