काठमाडौँ: प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बरालले स्वास्थ्यको कारण देखाउँदै दिएको राजीनामा ओलीले बिहीबार स्वीकृत गरेका हुन्।
बरालले चैत १५ गते उपकुलपति प्राडा बरालले पदबाट राजीनामा दिएका थिए।
उनले सचिवालयका कर्मचारीमार्फत राजीनामा बुझाएका थिए। ओली प्रधानमन्त्री भएयता उनीसँगको सम्बन्ध सुमधुर बन्न सकेको थिएन।
Facebook Comments Box
