Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 20
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » भारतले बंगलादेशमा उत्पादन हुने तयारी कपडा र खाद्यवस्तुमा लगायो आयातमा प्रतिबन्ध

    भारतले बंगलादेशमा उत्पादन हुने तयारी कपडा र खाद्यवस्तुमा लगायो आयातमा प्रतिबन्ध

    पहिलोक्लिकपहिलोक्लिकMay 18, 2025No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं । भारतले बंगलादेशमा उत्पादन हुने तयारी कपडा र केही खाद्यवस्तु जस्ता सामग्रीको भूमि बन्दरगाहको माध्यमबाट हुने आयातमा प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य मन्त्रालयले शनिबार बंगलादेशका तयारी कपडा, प्रोसेस्ड फुड (प्रशोधित खानेकुरा) र फर्निचर लगायतका सामग्री आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

    भारतको वाणिज्य मन्त्रालय अन्तर्गत डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले शनिबार जारी गरेको सूचनामा यो प्रतिबन्ध तत्काल लागु हुने उल्लेख छ । योसँगै बंगलादेशबाट तयारी गार्मेन्टहरूको आयात अनुमति कुनै पनि बन्दरगाहबाट पाइनेछैन ।

    भारतीय मिडियाहरुका अनुसार बंगलादेशबाट रेडिमेड गार्मेन्ट्सको आयात अनुमति कुनै पनि भूमि बन्दरगाहको माध्यमबाट दिइने छैन । अब न्वावा शेवा पोर्ट (जवाहरलाल नेहरु पोर्ट, नबी मुम्बई) र कोलकत्ताको बन्दरगाहबाट मात्र ती सामग्रीहरूको भारत निर्यात सम्भव हुनेछ ।

    यद्यपि यो प्रतिबन्ध भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशका सामानमा भने लागू हुनेछैन । यसैगरी बन्दरगाह प्रतिबन्ध बंगलादेशका माछा, एलपीजी ग्यास, क्रस्ड स्टोन (गिट्टी) र खाद्य तेलको आयातमा पनि लागू हुनेछैन ।

    भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचना अनुसार फलफूल, फलको फ्लेभरयुक्त पेयपदार्थ, चिप्स, मिठाइ जस्ता प्रोसेस्ड फुड, कपास, कपासको धागो, प्लास्टिक र त्यसबाट बनेका सामान, रंग, काठबाट बनेका फर्निचरलाई भूमि सीमा शुल्क स्टेसन र एकीकृत चेक पोस्ट (आईसीपी) हुँदै भारत भित्राउन प्रतिबन्ध लगाइएको छ ।

    डीजीएफटीका अनुसार अब बंगलादेशले नेपाल र भुटान बाहेक अन्य देशमा भारतको बाटो हुँदै सामान निर्यातमा कडा प्रतिबन्ध व्यहोर्नुपर्नेछ ।

    भारतीय मिडियाहरुका अनुसार भारतले बंगलादेशमाथि यस्तो निर्णय गर्नुको कारण अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले हालै चीनमा दिएको विवादास्पद अभिव्यक्तिको कारण हो । चीनमा युनुसले बंगलादेशसँग करिब १ हजार ६०० किलोमिटरसम्म जोडिने भारतका सात पूर्वोत्तर राज्यलाई समुद्रसम्म पुग्ने बाटो नभएको अभिव्यक्ति दिएका थिए ।

    समुद्रीबाटोका लागि भारतका ती राज्यहरु बंगलादेशमा निर्भर छन् । युनुसले बंगलादेश सो क्षेत्रमा हिन्द महासागरको एकमात्र संरक्षक भएको जिकिरसमेत गरेका थिए ।

    युनुसले चीनलाई बंगलादेश हुँदै विश्वभर आफ्ना सामान पठाउनका लागि आह्वान समेत गरेका थिए, जसलाई भारतले गम्भीरतापूर्वक लिएको थियो ।

    भारत र बंगलादेशबीच व्यापारका लागि भारतको पूर्वोत्तर राज्यमा ११ ट्रान्जिट प्वाइन्ट छन् । तीमध्ये तीन आसाममा, दुई मेघालयमा र ६ त्रिपुरामा छन् ।

    भारतले यसअघि बंगलादेशमाथि कारबाही स्वरुप ट्रान्सशिपमेन्टको सुविधा फिर्ता लिएको थियो । बंगलादेशलाई यो सुविधा भारतले सन् २०२० मा दिएको थियो । यो सुविधा प्रयोग गरी बंगलादेशले दिल्लीको विमानस्थलसहित भारतका कयौं बन्दरगाह र हवाईअड्डा प्रयोग गरेर आफ्ना सामान पश्चिम एशिया, युरोप लगायतका देशसम्म पुर्‍याउँथ्यो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.