काठमाडौँ: संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान रेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भए लगत्तै सचिवालयले सर्वदलीय बैठक बोलाएको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बिहिबार दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । सदन सुरु हुनु अगाडि सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि, सरकारका मन्त्री र सचिवालयका अधिकारी सहभागी हुनेछन् ।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।
