Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 24
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    पहिलोक्लिकपहिलोक्लिकNovember 24, 2026No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं, मंसिर ८ । भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा सरकारले तत्काल उपयोग नगर्ने भएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आयोजना आवश्यकताअनुसार मात्रै उक्त ऋण परिचालन गरिने बताएका छन्।

    मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले १८४ अर्ब रुपैयाँ तत्काल प्राप्त हुने रकम नभई ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारे।

    उनका अनुसार सरकारले आयोजना निर्माणको आवश्यकता र प्रगतिका आधारमा उक्त ऋण उपयोग गर्नेछ। विशेषगरी ऊर्जा क्षेत्र, प्रसारण लाइन तथा पूर्वाधार विकासमा यसको प्रयोग गर्ने सरकारको योजना छ।

    तर, चासलाग्दो कुरा के छ भने १८४ अर्ब रुपैयाँको ऋण उपयोग गर्ने सहमति भए पनि यसको ब्याजदर, भुक्तानी अवधि र ग्रेस पिरियड अझै टुंगिएको छैन। यस विषयमा भारतसँग प्राविधिक वार्ता हुन बाँकी रहेको अर्थमन्त्रीले जानकारी दिए।

    ऋण अमेरिकी डलरमा लिने कि भारतीय रुपैयाँमा लिने भन्ने विकल्पसमेत खुला रहेको उनको भनाइ छ। यसअघि डलरमा ऋण लिँदा विनिमय दरको उतारचढावका कारण नेपालको आर्थिक दायित्व बढ्ने गरेको भन्दै वाग्लेले भारतीय रुपैयाँमा ऋण लिने र भुक्तानी गर्ने विकल्पलाई महत्त्वपूर्ण उपलब्धि बताएका छन्।

    भारत भ्रमणका क्रममा नेपालले ५६ अर्ब रुपैयाँ बराबरको अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा प्राप्त गरेको अर्थमन्त्रीको भनाइ छ। यी स्रोतलाई पूर्वाधार र ऊर्जा क्षेत्रको विकासमा उपयोग गर्ने सरकारको लक्ष्य छ।

    यसैबीच, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुईतर्फी हवाई रुट उपलब्ध हुनु नेपालको महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको उनले बताए। नेपालले विगत १० देखि १२ वर्षदेखि यसका लागि प्रयास गर्दै आएको उनको भनाइ छ।

    भारतले नेपालको १२५ किलोमिटर भूमि किनेको र बागडोगरा विमानस्थलसँग सम्बन्धित विषयमा आएका समाचार भने पूर्णतः निराधार र भ्रामक रहेको अर्थमन्त्री वाग्लेले दाबी गरे।

    सुनकोशी–सप्तकोशी उच्च बाँध आयोजनाबारे उनले यो नयाँ योजना नभई सन् २००४ देखि नै नेपाल र भारतबीच संयुक्त अध्ययन भइरहेको जानकारी दिए।

    यसरी सरकारले भारतसँगको आर्थिक सहमतिलाई उपलब्धिका रूपमा प्रस्तुत गरे पनि १८४ अर्बको ऋण कुन सर्तमा लिने र त्यसको उपयोगबाट नेपालले कति प्रतिफल प्राप्त गर्छ भन्ने विषय आगामी वार्ताले स्पष्ट पार्नेछ।

    Facebook Comments Box

    #SwarnimWagle #IndiaNepalRelations #IndiaNepal #LineOfCredit #184Arba #NepalEconomy #NepalPolitics #EconomicAnalysis #BreakingNews #Pahiloclick #NepalNews
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.