काठमाडौँ: बागमतीमा नयाँ मोटरसाइकलको दर्ता रोकिएको छ। ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकोले नयाँ दर्ता रोकिएको यातायात व्यवस्था बिभाग स्रोतले जनाएको छ।
यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर गाडी दर्ता गर्न मिल्ने प्रावधान छ । अव तीन डिजिट अर्था १०० को लटमा जानुपर्ने भएको नयाँ मोटरसाइकल दर्ता गर्न कानुनी अड्चन उत्त्पन्न भएको हो । ९९ लटको सबै नम्बर सकिएपछि बुधबारदेखि नयाँ दर्ता रोकिएको स्रोतले बतायो।
काठमाडौँमा बा. ९९ प. मा ९९९९ वटा मोटरसाइकल दर्ता भइसकेका छन् ।९९ लट पूरा भएपछी बागमतीमा दर्ता मोटरसाइकलको संख्या १० लाख पुगेको छ । बिभागले नयाँ मोटरसाइकलको दर्ता खुलौना नियमावली संशोधनका लागि मन्त्रिपरिषधमा प्रस्ताव पठाइसकेको र केहि दिनमै समस्या समाधान हुने जनाएको छ ।
नियमावली संशोधनबारे विभागले समयमै पहल नगर्दा सभन्दा बढी मोटरसाइकल विक्री हुने चाडवाडको सिजनमा दर्ता रोकिएको हो ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।