काठमाडौं: प्रहरीको शाख एकपछ अर्को गर्दै गिर्दै गएको प्रमाणित भएको छ। एकसातामा दुई परहरी घुस रकम सहित पकरु परेका बेला शनिबार राजधानीकै बौद्ध प्रहरी वृतका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगका सहसचिव रामेश्वर दंगालले पुष्टि गरे । एक लाख ४० हजार घुससहित उनलाई पक्राउ गरिएको हो।
उनीले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर अातंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । तर, शक्ति केन्द्रको संरक्षणको अाडमा रार्इलार्इ कुनै कारबाही हुन सकेको थिएन ।
प्रहरी अधिकारीहरूले पटकपटक उनलार्इ सुध्रिन चेतावनी दिएको भए पनि उनले रकम असुली छाडेका थिएनन् । अन्ततः उनी अख्तियारको फन्दामा परेका छन् ।
शुक्रबार रातिमात्रै मुलपानीमा चल्दै अाएको जुवा अखडामा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो । त्यसक्रममा भागदौड मच्चिँदा दुई जनाको मृत्यु समेत भएको थियो ।