Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 20
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » मादल बनाउने पेशाबाटै वार्षिक सात लाखबढी कमाई

    मादल बनाउने पेशाबाटै वार्षिक सात लाखबढी कमाई

    पहिलोक्लिकपहिलोक्लिकOctober 26, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    गोरखा: गोरखा नगरपालिका–१२ स्थित दशकिलोका कुलु समुदायले मादल बनाएर बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् । कुलु समुदायका चार घरपरिवारले मादल बनाएर बिक्री गरी प्रतिपरिवार वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।

    स्थानीय ५८ वर्षीय साने कुलुका तीन छोरा र एक छोरीले बाबुको पुर्खौली पेशालाई पछ्याउँदै मादल बनाउने पेशामा लागेका हुन् । एकै स्थानमा छुट्टाछुट्टै पसल खोलेर उनीहरूले मादल बनाउन र बेच्न थालेको कम्तीमा करीब २० वर्षभन्दा बढी भयो ।

    “सिजनको समयमा मादल पु¥याउन नै गाह्रो हुन्छ”, जेठो छोरा हरीराम कुलुले भन्नुभयो, “बनाउन सके नबिक्ने भन्ने नै छैन ।” श्रीमान र श्रीमती सरिता मिलेर महीनामा ५० वटा जति मादल बनाउने गरेको उहाँले बताउनुभयो ।

    “एउटा मादलको रु एक हजार ५०० देखि दुई हजार ५०० सम्ममा बिक्री हुने गर्छ”, कुलुले भन्नुभयो, “सानो र ठूलो मादलको मूल्य फरकफरक पर्छ ।” मादल बिक्रीबाट मासिक रु ७० हजार जति आम्दानी हुँदै आएको कुलुले बताउनुभयो ।

    ती मादल नारायणघाट, काठमाडौँ, हेँटौडालगायतका ठाउँमा लगेर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “त्यतातिरका व्यापारी कहिले आफँै आएर लैजान्छन्, कहिले हामी नै लगेर बेच्छौँ”, हरीरामकी श्रीमती सरिता कुलुले भन्नुभयो, “बिक्री हुन गाह्रो छैन बरु बनाउनै गाह्रो छ ।” माइतीमा मादल बनाउने बारेमा ज्ञान नभएको बताउँदै सरिताले भन्नुभयो, “बिहे गरेर आएपछि यही नै सिकेकोे हो, अहिले यही पेशाले छोराछोरी पढाउन र परिवार पाल्न पुगेको छ, अझै केही पैसा त बचत पनि गर्र्दै आएका छौ ।”

    बैंकबाट ऋण झिकेर मादल बनाउने व्यवसाय शुरु गरेको बताउँदै कुलुका माइला छोरा पूर्णबहादुर भन्नुहुन्छ, “दशैँ तिहारको समयमा अलि धेरै व्यापार हुन्छ, महीनामा ५०÷६० भन्दा बढी बनाउन सकिँदैन, त्यति भए पनि आफूलाई पुग्ने कमाइ भइरहको छ ।”

    वर्षभरिमा मादल बिक्रीबाट रु ७÷८ लाखभन्दा बढी नै कमाइ हुने पूर्णबहादुरले बताउनुभयो । “कान्छा भाइले त मान्छे नै राखेर काम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “ठूलदाइ र मेरोभन्दा भाइको कमाइ राम्रो छ ।”

    उनीहरूले मादलसँगै पञ्चेबाजा, खैँजेडी, डमरु, धिमेबाजा, ढलकी, मृदुङ्गालगायतका छालाबाट बन्ने अन्य वाद्यवाधनका सामग्री बनाउने गरेका छन् । मादल बनाउन उत्तीसको काठको घार, छालालगायतका कच्चा पर्दाथ बाहिरबाट ल्याउनुपर्ने भएकाले भनेको समयमा सामान पाउन गाह्रो हुने उनीहरूको भनाइ छ ।

    “मादल बनाउने घार धादिङको मूलखोलबाट ल्याउने गरेका छौँ, पहिले हातले मादलको घार खोल्नुपथ्र्यो, अहिले मेशिनले खोलेको घार पाइन्छ”, बाबु साने कुलुले भन्नुभयो, “एउटै घारको रु ४०० देखि ५०० सम्म पर्छ ।”

    त्यस्तै मादल बनाउन प्रयोग गरिने गोरुको छाला, बाख्राको छालालगायतका सबै कच्चा पर्दाथ काठमाडाँैबाट ल्याउने गरेको उनीहरूको भनाइ छ । दशैँ तिहारलगायतका सिजनमा दशकिलोमा उनीहरूले बनाएको मादल किन्न बागलुङ, काकँडभिट्टा, धरानदेखिका मान्छे आउने गरेको कुलुका छोरीज्वाइँ बाबुराम विकले बताउनुभयो ।

    दशकिलोमा रहेका साने कुलुको परिवार मात्र होइन, त्यहाँ बसोवास गर्दै आएका अन्य आठ घर कुलु समुदायले पनि मादल बनाएरै राम्रो आम्दानी गर्दै आएका छन् ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.