Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कमिटी विवाद सुल्झाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै विवाद देखिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ बीच मंगलबार चार बुँदे सहमति भएको विज्ञप्ति बालुवाटारबाट सार्वजनिक भएपछि खुमलटारबाट भने अर्कै विज्ञप्ति सार्वजनिक गरेको हो । बालुवाटारमा चार बुँदे सहमति भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति सार्वजनिक गरे लगत्तै प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले विज्ञप्ति सार्वजनिक गर्दै सहमति नभएको जनाएका छन् । जुगलले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको तर उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज…

Read More

धनगढी, कात्तिक ४ गते: गोविन्द बिक (वर्ष, २८) प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने उहाँ दलित समुदायकै पहिलो व्यक्ति हुनुहुन्थ्यो । बिकको सफलताले परिवारमात्रै खुशी थिएन । सिङ्गो दलित समुदायनै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जित्नु भएको थियो, उहाँले । त्यहि कारण परिवारले पनि गर्व नगर्ने त कुरै भएन । तर, परिवारको त्यो खुशी धेरै समय टिक्न पाएन । अहिले शोकमा परिणत भएको छ । गस्तीमा गएको बेला विभत्स हत्या भएको छ, बिकको । उहाँसंगै अर्का प्रहरी जवान रामबहादुर साउँदले पनि त्यहि नियति भोग्नु…

Read More

काठमाडौं: सोमबार स्थगन भएको मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्दैछ । सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको बैठक यो पटक सोमबार नबसेर मंगलबार बस्न लागेको हो । स्रोतका अनुसार बैठकमा कोरोना उपचारबारेको निर्णयमा पुनर्विचार गर्नसक्ने एक मन्त्रीले जानकारी दिए । उनले बैठकका एजेण्डा प्राप्त भैनसकेको भन्दै केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताए । स्रोतका अनुसार सरकारले कोरोना परीक्षण तथा उपचार नागरिक आफैले गर्नुपर्ने निर्णयको सर्वत्र विरोध र आलोचना भएपछि उक्त निर्णयबारे छलफलपछि पुनर्विचार गर्ने सम्भावना रहेको छ । बालुवाटार स्रोत भन्छ, ‘उपचार तथा परीक्षणमा शुल्क लिने निर्णयको आलोचना र विरोध भयो ।…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी जम्मा १७०२  जना संक्रमित थपिएका छन् । यसअघि सोमबार (हिजो) काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ गरी जम्मा २३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ थियो । पछिल्लो २४ घण्टामा थप २१०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर…

Read More

काठमाडौं : आज मंगलबार राति अत्यधिक उल्का वर्षा हुने भएको छ। राति पौने ११ बजे देखि बुधबार बिहान पौने ५ बजे सम्म उल्का वर्षा देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। हेलिको पुच्छ्रेताराका कारण हुने यो मृगशिरा उल्कावर्षा भएको उनले बताए। भट्टराईका अनुसार यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन्। हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलाका कणहरुका कारण प्रत्येक वर्ष मे महिनामा एक्वारिएट र अक्टोबरमा ओरियनिड उल्कावर्षा हुने गर्छ। आजको उल्का वर्षाको स्रोत ओरायन ९मृगशिरा० तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृगशिरा उल्कावर्षा नाम दिइएको छ। अक्टोबर २ देखि आफ्नो सक्रियता…

Read More

काठमाडौं : जनता समाजवादी पार्टीको शक्तिशाली संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई चयन भएका छन्। हिजो सोमबारदेखि बसेको जसपा कार्यकारिणी समिती बैठकले भट्टराईलाई शक्तिशाली संघीय परिषद् अध्यक्षमा चयन गरेको हो। सो परिषद् केन्द्रीय समिती भन्दा पनि माथिल्लो निकाय पनि बनेको छ। ‘जसपाको विधान संशोधन गर्दै केन्द्रीय कार्यकारिणी समिती संघीय परिषद्को मातहत रहने निर्णय गरेको छ’ जसपाका एक नेताले भने। केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्। यसअघि डा। भट्टराई जसपाको वरिष्ठ नेता थिए। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबिच वैशाख ९ गते पार्टी एकता भएर जनता समाजवादी गठन भएको थियो। पार्टी एकतापछी निर्वाचन आयोगमा दल दर्ता गर्दा…

Read More

काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैंकहरु कात्तिक ७ गतेदेखि ११ गतेसम्म बन्द हुने भएका छन्। दसैँ बिदामा बैंकहरु खुला रहँदै आएकोमा यस वर्ष भने बन्द हुने बैंकर्स संघले जानकारी दिएको छ। विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा ३७ सयभन्दा धेरै बैंकका कर्मचारीमा संक्रमण देखिएको संघले जनाएको छ। कोरोना भाइरसको संक्रमणबाट बच्न धेरैभन्दा धेरै कममात्रै बैंकिङ कारोबारका लागि शाखा कार्यालयमा जान संघले सुझाएको छ। बैंकमा नोटबाट पनि संक्रमणको जोखिम उच्च हुने भएकाले डिजिटल कारोबारका लागि बैंकहरुले अनुरोध गर्दै आएका छन्। संघले सम्पूर्ण ग्राहकहरुलाई घरबाटै कारोबार गर्न सुझाएको छ।

Read More

काठमाडौँ: अर्थमन्त्री विष्णु पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डाक्टर प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेका छन्। अर्घाखाँची गृहजिल्ला भएका श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुन्। यसअघि दुई वर्ष प्रदेश ५ योजना आयोगको उपाध्यक्षको जिम्मेवारी पूरा गरेका श्रेष्ठले नेपालको आर्थिक क्षेत्रको विज्ञ मानिन्छन्। कोरोना महामारीसँगै देशको अर्थतन्त्र शिथिल भएको अवस्थामा दोस्रोपटक अर्थ मन्त्रालयको बागडोर समालेका अर्थमन्त्री पौडेललाई सफल बनाउन सल्लाहकारको समेत महत्वपूर्ण भूमिका रहने छ। श्रेष्ठले अहिलेको जटिल अवस्थामा देशको अर्थतन्त्र सुधारको लागि आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म योगदान गर्ने बताए। ´अहिले चुनौती छ, तर चुनौती छ भनेर हात-खुट्टा बाँधेर बस्ने अवस्था पनि होइन, जसले गरे पनि केही न केही योगदान गर्नुपर्ने थियो,…

Read More

काठमाडौँ: कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गर्नुपर्ने भएको छ। कक्षा ११ को पढाइ हुने देशभरका सबै विद्यालयमा शैक्षिक वर्ष २०७७ देखि नयाँ पाठ्क्रम लागू गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्वीकृत पाठ्यक्रमअनुसार कक्षा ११ मा पठनपाठन गर्न मन्त्रालयले विद्यालयहरू लाई निर्देशन दिएको हो। मन्त्रालयका उपसचिव विदुरराज गिरीले केही विद्यालयहरूले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन गरेको गुनासो आएकोले त्यसो नगर्न निर्देशन दिइएको बताए। ‘कक्षा ११ को स्वीकृत नयाँ पाठ्यक्रमअनुसार मात्र पठनपाठन गर्न गराउन तथा सोहीअनुसार विद्यार्थीको मूल्यांकन गर्ने व्यवस्था हुन समेत सम्बन्धित सबै विद्यालयहरूलाई जानकारी गराइन्छ,’ उनले भने।

Read More