Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री नेम्बाङले सोमबार आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेका सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत अपिल गरेका छन् । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना संक्रमण भएको थियो ।
काठमाडौं: गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो । गृहले चाडबाडको बेलामा मानिसको आवत-जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ । चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृहले जनाएको छ ।
काठमाडौँ: प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरुले दसैँ भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिए । ‘मन्त्रिपरिषद्का सबै सदस्यहरुले दसैं भत्ता वापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको छ’, उनले भने, ‘संघीय मन्त्रीपरिषद्को निर्णयको मर्म अनुसार प्रदेश सरकारका मन्त्रीहरुलाई पनि कोषमा जम्मा गर्न आग्रह गर्ने निर्णय भएको छ ।’ यसअघि कोरोना महामारीका बीच सांसदहरुले दसैँ भत्ता लिएको समाचार बाहिरिएपछि नेकपा र काँग्रेसले सांसदहरुले…
काठमाडौँ: कृषि विकास बैंकले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका निर्देशक अमित अग्रवालले बैंककाे मुख्य कार्यालयमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । खल्तीसँगकाे सम्झाैतापछि कृषि विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिग र इन्टरनेट बैंकिक सेवा प्रयोग गरेर उनीहरूको खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन् । खल्तीमा लाेड गरिएकाे रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयाेग गर्न सक्नेछन् । यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्याउने अपेक्षा कृषि विकास बैंकले गरेकाे छ…
काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ गरी जम्मा २३८८ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार ९हिजो० काठमाडौंमा १४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी जम्मा १६९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ७७८रहेको छ । पछिल्लो २४ घण्टामा थप २३३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ७७८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको…
काठमाडौं : अमेरिकाका लागि प्रस्तावित आवासीय राजदूत डा युवराज खतिवडाविरुद्ध संसदीय सुनुवाइ समितिमा तीनवटा उजुरी परेका छन्। समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी आज सोमबार खोल्दा उनी विरुद्ध तीन उजुरी परेका हुन्। यस्तै सोही समितिमा बेलायतका लागि आवासीय राजदूतमा सिफारिस भएका लोकदर्शन रेग्मीविरुद्ध भने एक उजुरी परेको समितिले जानकारी दिएको छ। उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै समिति सभापति लक्ष्मणलाल कर्णले गम्भीर प्रकृतिका चार वटा उजुरी परेको बताए। समितिले असोज २१ गते १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको थियो। सभापति कर्णले प्रस्तावित राजदूतविरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले पनि दशैं तिहारको भत्ता फिर्ता गर्ने निर्णय गरेका छन । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको छलफलपछि पार्टी दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ तिहारको भत्ता नलिने निर्णय गरेको दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए। ‘सधैंजसो सांसदलाई दसैँ तिहारको भत्ता स्वरुप एक महिनाको तलब आउँछ’ नेम्वाङले भने, ‘अहिले कोरोना माहामारी भएकाले भत्ता नलिने सबै नेकपाका सांसदको भत्ता कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय भयो।’ कोरोनाले सबै जनता त्रसित भएकाले सबै नेकपा सांसदले सादा सामान्य दसैँ मनाउने निर्णय भएको नेम्वाङले बताए। राष्ट्रिय सभामा नेकपाका ४६ जना र प्रतिनिधि सभामा…
काठमाडौं : भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ कोरोना संक्रमित भएका छन्। उनले ट्विट गर्दै आज सोमबार पीसीआर परीक्षणको नतिजा पोजिटिभ आएको बताएका छन्। मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेका छन्। कोरोना संक्रमित हुने नेम्वाङ तेस्रो मन्त्री हुन्। यसअघि पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि संक्रमण भएको थियो।
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सबै सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएको छ। संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्। पार्टी सभापतिले संसदीय दललाई पनि भत्ता फिर्ता गर्न निर्देशन दिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । सांसदहरु सबै काठमाडौंमा उपलब्ध नभएका कारण बैठक राख्न सम्भव नसकिएकाले दलको नेताका हैसियतले देउवाले दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएको खाँणले जानकारी दिए । जनता भोकभोकै भएको अवस्थामा सांसदहरुले भत्ता लिनु उपयुक्त नहुने भएर यस्तो निर्देशन दिएको उनले बताए। यसअघि सांसद खाँण, प्रकाशमान सिंह…
