Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: बजारभन्दा सस्तोमा किन्न पाइने भएपछि सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली बिक्री केन्द्रमा खसीबोका किन्नेको भीड लागेको छ। कम्पनीले आजदेखि खसीबोका बिक्री गरिरहेको छ। बजारको भन्दा एक सय रुपैयाँ सस्तो मूल्यमा पाउने भएपछि बिहानैदेखि बिक्री केन्द्रमा उपभोक्ताको भीड लागेको हो। धेरै भीड भएपछि कर्मचारीलाई व्यवस्थापनमै समस्या परेको छ। रानीबनबाट खसी किन्न पुगेका प्रमोद खत्री खसी नकिनि खाली हात फर्किएका छन् । खत्रीले भने, “खाद्यले बिहान ८:०० बजेबाट खसी बिक्री गर्ने समाचार थाहा पाएपछि हतार हतार थापाथली पुगे पनि खसी नकिनी रित्तै फर्किनु पर्यो।” बिहान ८ बजेपुग्दा उपभोक्ताहरुको पहिलेदेखि नै भीड भएको र सबैले खसी…

Read More

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा० का सांसद गोकर्ण बिष्टले दशैभत्ता फिर्ता गरेका छन्। उनले संसद सचिवालयलाई पत्र लेख्दै दशैं खर्चको नाममा दिन लागिएको सुविधावापतको रकम थोरै भएपनि सर्वसाधारण जनताको उपचार र राहतमा सहयोग पुगोस् भन्ने भावनाले सोही पत्रसाथ संसद सचिवालयको चेकमार्फत् फिर्ता गरेको जनाएका हुन्। आम नागरिकले चरम पीडा भोगिरहेको र देशमा गम्भीर संकट थपिँदै गएको अवस्थामा सांसदको हैसियतमा दशैं खर्चको नाममा सुविधा लिने कुरा सामाजिक हिसाबले उपयुक्त नहुने उनको भनाइ छ।

Read More

काठमाडौं : नेपाली कांग्रेसले दसैंभत्ता फिर्ता गर्ने निर्णय गरेको छ। दशैंभत्ताको चौतर्फी विरोध भएपछि त्यसलाई फिर्ताको औपचारिक निर्णय गर्न पार्टी सभापति शेरबहादुर देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई निर्देशन दिएको सचेतक पुष्पा भुसालले जानकारी गराइन्। संसदीय दलले निर्णय गरेर सबैको भत्ता फिर्ता गर्न सांसदहरुबाट नै आवाज उठेको थियो। सांसदट्ठय प्रकाशमान सिंह र डिला संग्रौलाले संसदीय दलबाट औपचारिक रूपमा निर्णय गर्न सुझाएका थिए। प्रमुख सचेतक खाँड, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दशैं भत्ता फिर्ता गर्ने जनाईसकेका छन्। प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्। दसैं भत्तावापत संसद सचिवालयले प्रतिसांसद ६४ हजार ७० रुपैयाँ बैंक खातामा पठाइसकेको थियो।

Read More

सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ७८ वर्षीय वृद्धको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । ती वृद्धको पहिलो पटक असोज १८ गते कोरोना पुष्टि भएको थियो । उनको दोस्रो पटक पीसीआर गराउँदा कात्तिक १ गते शनिबार पनि रिपोर्ट पोजेटिभ आएको डा। श्रेष्ठको भनाइ छ ।

Read More

काठमाडौँ: नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले संघीय संसदका सांसदहरुलाई दसैँ भत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन् । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैँ भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको सिंहले आरोप लगाएका हुन् । विज्ञप्ति जारी गर्दै सिंहले भनेका छन्, ‘महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।’ सिंहले नेपाली काँग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दसैँ भत्ता फिर्ता गर्ने निर्णय गरेर सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन आग्रह गरेका छन् । उनले दसैँ भत्ता भन्दै आफ्नो नाममा आएको रकम…

Read More

काठमाडौँ: काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तीन तलाबाट हाम फालेका एक बिरामकी मृत्यु भएको छ । प्रहरी वृत्त गौशालाका अनुसार आज बिहान ८:४५ बजे अस्पतालको तेस्रो तलाबाट हाम फालेका सोलुखुम्बुको जुगुका २६ वर्षीय रोशन खड्काको उपचारका क्रममा मृत्यु भएको हो । खड्काको मानसिक सन्तुलन ठिक नभएपछि आइतबार साँझ अस्पताल भर्ना गरिएको बताइएको छ । कुरुवा बसेकी आमा औषधि किन्न गएका बेला उनी अस्पतालको तेस्रो तलाबाट हाम फालेको प्रहरीले जनाएको छ ।

Read More

भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्वेच्छिक अवकाश लिने शिक्षकलाई थप रकम दिने भएको छ। नेपाल सरकारबाट उपलब्ध हुने सेवा सुविधाका अतिरिक्त सूर्यविनायक नगरबाट प्रोत्साहन स्वरूप थप एक लाख रूपैयाँ दिइने नगरपालिकाले जनाएको छ। नगरभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत रही ३० वर्ष सेवा अवधि वा ५० वर्ष उमेर पुगेका स्थायी दरबन्दीका शिक्षकहरूका लागि नगरपालिकाले उक्त थप रकम दिने निर्णय गरेको हो। २०७७ कात्तिक ३० गतेभित्र स्वेच्छिक अवकाश लिने शिक्षकले नगरबाट थप रकम पाउनेछन्। गत असोज २९ गते बसेको नगर कार्यपालिकाको बैठकले शिक्षकलाई थप प्रोत्साहन रकम दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले आज गोरखापत्रमा सूचना निकालेर उक्त जानकारी दिएको हो। सरकारले पनि…

Read More

काठमाडौं: फोन पे पेमेन्ट सर्भिसले चाड दसैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका’ योजना ल्याएको छ। योजना अन्तर्गत फोन पे डाइरेक्टमार्फत  बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ। शनिबारदेखि कात्तिक १४ गतेसम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा पाँच लाख रुपैयाँ जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो। यो योजनामा क्यूआर कोडमार्फत गरिने भुक्तानीलाई भने समावेश नगरिएको कम्पनीले जनायो। कम्पनीका करिब डेढ लाख मर्चेन्ट रहेका छन्। फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसकेको कम्पनीको दाबी छ।

Read More

काठमाडौँ: नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ । जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । यसदिन पनि…

Read More

एजेन्सी: मध्य भियतनाममा पहिरोमा पुरिएर ११ सैनिकको मृत्यु भएको छ । अन्य ११ जना वेपत्ता भएका छन् । एक सातादेखिको भारी वर्षापछि कराङ ट्राइ प्रान्तमा रहेको एक सैन्य स्टेशनको ब्यारेकमा पहिरोले २२ सैनिकलाई पुरेको हो । त्यसमध्ये ११ को शव फेला परेको बताइएको छ । भियतनामको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरोमा एक सातामा मात्रै त्यहाँ कम्तिमा ६४ व्यक्तिको मृत्यु भएको छ  सेनाका जनरल स्टाफका चीफ लेफ्टिनेन्ट जनरल फान भान ग्यानले त्यस क्षेत्रमा अझ पहिरो जान सक्ने चेतावनी दिँदै उद्धारकर्मीहरूले त्यस ठाउँमा पहुँचका लागि सुरक्षित मार्ग खोज्नु पर्ने बताएका छन् । कम्बोडिया र भियतनाममा पछिल्लो साता व्यापक वर्षा भएको…

Read More