Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको ६ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सबीच पर्यटकीय गन्तव्यमा भ्रमणका लागि सस्तो प्याकेज बनाउने होडबाजी नै चलेको छ । यसले गन्तव्य भ्रमणमा निस्कने पारखीलाई त राहत मिलेको छ नै सिङ्गो पर्यटन क्षेत्रलाई पनि गतिशील तुल्याउन मद्दत पुग्ने व्यवसायीको अपेक्षा छ । हुन त, वायुसेवा कम्पनीको पनि कोभिड–१९ का कारण लामो समय प्रभावित बनेको पर्यटन क्षेत्रलाई…

Read More

काठमाडौं : सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यपिटलले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि अब बिक्री प्रक्रिया अघि बढ्नेछ । सिद्धार्थले यो ऋणपत्र निष्कासनका लागि…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले संवैधानिक निकायहरुमा नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलवार) बसेको सचिवालय बैठकले रिक्त रहेका संवैधानिक निकायहरुमा नियुक्त गर्न आग्रह गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले भने, ‘संवैधानिक निकायमा नियुक्त गर्नका लागि कानूनले नै मापदण्ड बनाएको छ, त्यसका आधारमा संवैधानिक परिषदले निर्णय गर्छ ।’ प्रवक्ता श्रेष्ठले संवैधानिक परिषदको बैठक छिटो बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको समेत जानकारी दिए । साथै उनले सरकारको कामलाई प्रभावकारी बनाउन, पार्टी र सरकारको सम्बन्ध अझ सुदृढ बनाउने विषयमा छलफल भएको पनि बताए…

Read More

काठमाडौं:बितेको २४ घण्टामा देशभर  १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको गौतमले बताए । आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।

Read More

काठमाडौं: सोमबार निधन भएका पर्वतारोही आङरिता शेर्पालाई सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय सरकारले गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बालुवाटार स्रोतका अनुसार शेर्पाको शवलाई सम्मानसहित अन्त्यष्टि गर्ने र किरिया खर्च सरकारले बेहोर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । त्यसैगरी आजको बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पुरा भई निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भइसकेको अवस्थामा अन्तिम चरणमा आएर स्थगन गर्न परेको सिँहदरवार स्रोतले बतायो ।

Read More

काठमाडौँ: सुनको भाउ मंगलबार एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ । नेपाली बजारमा प्रतितोला २०० रुपैयाँले वृद्धि भएको सुन आइतबार भने स्थिर रहेको थियो। उता सोमबारको तुलनामा मंगलबार चाँदीको भाउमा पनि तोलामा ९० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार रुपैयाँ निर्धारण गरेको छ। चाँदीको मूल्य भने प्रतितोला १ हजार २३० रुपैयाँमा झरेको छ । सोमबार १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ तोलामा ९० रुपैयाँले घटेको हो । आइतबार भने चाँदी १५…

Read More

काठमाडौँ: आज मन्त्रिपषिद् बैठक बस्दै छ। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अहिले बिहान बस्नेछ। बैठकले निजामती कर्मचारी युनियनको यही असोज २४ गतेका लागि तय गरिएको निर्वाचन स्थगन, इजरायलसँग श्रम सम्झौतालगायत विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए। यस्तै राष्ट्रिय पुननिर्माण प्राधिकरणको समय थप्नेबारे पनि छलफल हुने बताइएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणको सोमबार बसेको निर्देशक समितिले १ वर्ष थप्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो। प्राधिकरणको निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन्। प्राधिकरणको पाँच वर्षे कार्यकाल पुस १ गते सकिँदै छ। नियमित समयतालिकाअनुसार हिजै सोमबार बस्नुपर्ने मन्त्रिपरिषदको बैठक आज बस्ने भएको हो।

Read More

एजेन्सी: चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट यतिबेला विश्व आतंकित छ। यहीबीच चीनमै फेरि अर्काे नयाँ संक्रमण देखापरेको छ। चीनको उत्तर पश्चिमी इलाकास्थित गान्सु प्रान्तको लानजोउ सहरमा एक नयाँ संक्रमणबाट सयौं मानिस बिरामी परेको चीनको सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ। उक्त अखबारका अनुसार यो संक्रमण ब्रुसेलोसिस ब्याक्टेरियाबाट भएको हो। गान्सु प्रान्तको सेन्टर फर डिजिज कन्ट्रोल विभागले यो ब्याक्टेरियाबाट ३ हजार २ सय ४५ जना संक्रमित भइसकेकाे जानकारी दिएको छ। अघिल्लाे सोमबार २१ हजारभन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्दा सुरुमा ४ हजार ६ सय ४६ व्यक्तिको रिपोर्ट पोजिटिभ आएको थियो। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। यो फैलिने…

Read More

काठमाडौँ: सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि ३० करोडको प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डले सोमबार कम्पनीलाई एक सय रुपैयाँ अंकित दरका ३० करोड बराबरको ३० लाख कित्ता आइपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ । कम्पनीको आईपीओ एनआईसी एशिया क्यापिटललाई निष्काशन गर्नेछ । सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव गत माघ २४ गते सम्पन्न साधारण सभाले पारित गरेको थियो ।…

Read More

इलाम: इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला…

Read More