Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
पोखरा: पछिल्ला दुई महिनायता गण्डकीमा (एकाधबाहेक) दैनिक हजार जनाको पनि स्वाब परीक्षण भएको छैन । स्वास्थ्य निर्देशनालयकै विज्ञप्तिको यो तथ्यांकले संक्रमणको दर भने निकै उच्च रहेको देखाउँछ । सोमबारकै तथ्यांकलाई हेर्ने हो भने गण्डकीमा ८७४ जनाको स्वाब परीक्षण गर्दा १२३ जनामा कोरोना भेटिएको छ । यो संख्या भनेको प्रत्येक एक सयजनाको परीक्षण गर्दा १४ जनालाई कोरोना पुष्टि भएको छ । आइतबार पछिल्लो समयकै धेरै एक हजार २३० जनाको स्वाब परीक्षण भएको छ । यस्तै, आइतबार नै ४३४ जना संक्रमति गण्डकीमा थपिएका छन् । यो तथ्यांक भनेको १०० जनामा ३४ जनालाई कोरोना पुष्टि भएको हो । शुक्रबार २८ प्रतिशत, बिहिबार १७,…
काठमाडौँ: अमेरिकामा बहुप्रतीक्षित राष्ट्रपतीय निर्वाचन मङ्गलबार हुँदैछ। यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ। कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ । आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन। सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै…
काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना निको हुँदा २४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ । हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५०० र निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ जना रहँदा सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् । संक्रमितमध्ये २१.२ प्रतिशत सक्रिय संक्रमित रहेका हुन् । यस्तै हालसम्म कुल संक्रमितको ०.६…
काठमाडौँ: अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र लोकदर्शन रेग्मीको २७ गते संसदीय सुनुवाइ हुने भएको छ। संसदीय समितिले उनीहरूलाई राजदूत नियुक्ति गर्न नपर्ने भए कारणसहित उजुरी आह्वान गरेको थियो। उनीहरूविरूद्ध चार वटा उजुरी परेका थिए। तर उजुरीकर्ताले सम्पर्क नम्बर दिएका थिएनन्। गत कात्तिक ३ गते समितिले उजुरीकर्तालाई सम्पर्कमा आउन आजसम्मको समय दिएको थियो। तर उजुरीकर्ता भने सम्पर्कमा आएनन्। समिति सभापति लक्ष्मणलाल कर्णले सुनुवाइको मिति कात्तिक २७ गतेका लागि तोकेका हुन्।
काठमाडौँ: चितवन, मोरङ र सिन्धुलीमा थप छ कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चितवनमा तीन, मोरङमा दुई र सिन्धुलीमा एक संक्रमितको मृत्यु भएको हो । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत दुई र चितवन मेडिकल कलेजमा एक गरी तीन संक्रमितको पनि मृत्यु भएको छ । भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुष र धादिङकी ६१ वर्षीया एक महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका भरतपुरका वृद्धको सोमबार बिहान १:२० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएकी धादिङको नीलकण्ठ…
काठमाडौँ: क्लिन फिड लागू भएसँगै दर्जनौं विदेशी टेलिभिजनको प्रसारण नेपालमा रोकिएको छ । विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित सामग्री नेपालमा पठाउनुपर्ने र सरकारलाई डाउनलिंक अनुमतिबापत शुल्कसमेत बुझाउनुपर्ने भएपछि त्यस्ता टेलिभिजन च्यानल महँगिन सक्ने नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्मा बताउँछन् । केबल टेलिभिजनको शुल्क महँगो हुने र इन्टरनेटको बढ्दो प्रयोगका कारण उपभोक्ताले इन्टरनेटमा पाइने निःशुल्क सामग्रीमा बढी रुचि राख्न थालेपछि केबल टेलिभिजन व्यवसाय नै मारमा पर्न सक्ने उनको भनाइ छ । ‘सरकारले सबै केबल टेलिभिजनको सेटअप बक्स डिजिटल बनाउनुपर्ने नीति बनाएपछि देशमा ४५ लाख सेटअब बक्स भित्रिएका थिए,’ उनले भने, ‘अहिले हाम्रो तथ्यांकअनुसार करिब २७ लाख उपभोक्ताका सेटअप बक्स मात्रै सक्रिय…
काठमाडौँ: वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले राखेका असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बस्ने अनौपचारिक बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाइएको छ। सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६ बुँदामा असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए। उक्त विषयमाथि छलफल गर्न देउवाले बैठक डाकेका हुन्। पौडेल पक्षका नेताको आइतबार भएको भर्चुअल बैठकले पनि आफूहरूले यसअघि राखेका १६ बुँदाको समाधान खोजिनुपर्ने एजेन्डालाई प्राथमिकताका साथ उठाउने निष्कर्ष निकालेका छन्। देउवाले…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहंकार, आवेग र आक्रोशले कसैको पनि हित नगर्ने भन्दै ठूलो मेहनत र पसिना बगाएर बनेको नेकपा कदापि फुटन नहुने बताएका छन् । उनले फुट र फुटजन्य क्रियाकलाप राष्ट्र र कम्युनिस्ट आन्दोलनको आवश्यकता नभएको भन्दै त्यसले आम कार्यकताको चाहाना र जनादेशविरुद्ध समेत हुने बताएका छन् । ‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो । यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन । फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहाना र…
काठमाडौं: नेपाल राष्ट्र बैंकको गभर्नर महप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । नयाँ अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीतिको कार्यन्वयनमा चासो देखाएपछि गभर्नर अधिकारीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अगाडि सरोकारवालासँग छलफल गर्दै सो कुरा बताएका हुन् । छलफलमा उनले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएको भन्ने चर्चाका बीचमा यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि राष्ट्र बैंकका पदाधिकारीसँगको भेटमा मौद्रिक नीति असाध्यै राम्रो रहेको र त्यसको व्यावहारिक कार्यान्वयन हुनुपर्ने सुझाव दिएको सन्दर्भ जोड्दै गभर्नर अधिकारीले भने “ कार्यान्वयनका क्रममा…
काठमाडौँ: कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३०० को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ५ हजार ४६ को मृत्यु भएको छ । मृतकमध्ये पछिल्लो २४ घण्टामा युरोपेली मुलुकमा सबैभन्दा धेरै १ हजार ९४६ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ६७ हजार ४९३ पुगेको छ । संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा फेरि संक्रमित र मृतक संख्या बढ्दै गएको हो । विश्वभर एकै दिन ४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा युरोपका मात्रै ५१ प्रतिशत संक्रमित अर्थात् २…
