Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल प्रहरीमा विहिबारसम्ममा (भदौ ११ गते १२ बजेसम्म) कुल १,३५१ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। उनीहरुमध्य हाल देशभरमा ७९५ जना विभिन्न अस्पतालहरुमा उपचारत रहेको प्रहरी मुख्यालयले जनाएको छ। प्रहरी मुख्यालयका प्रबक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक कुबेर कडायतले दिएको जानकारी अनुसार हालसम्ममा ५५६ जना संक्रमित प्रहरी निको भएर अस्पतालबाट डिस्चार्ज समेत भैसकेका छन् । यस्तै, कुल ७९५ हालको संक्रमित मध्ये, १६३ जना उपत्यकामा कार्यरत प्रहरीहरु रहेको समेत उनले बताए। उनीहरुको प्रहरी अस्पताल महाराजगञ्जदेखि देशका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको समेत उनले जानकारी दिए। महाराजगञ्जमा २२ प्रहरी संक्रमित महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुगेको छ…

Read More

काठमाडौं: महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुगेको छ । यसअघि हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना संक्रमण देखिएको थियो । संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर जाँच गर्दा थप १३ जना प्रहरीमा संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । ‘मनमैजु हत्याकाण्ड’का आरोपी आङदोर्जे शेर्पालाई साउन ३१ मा पक्रेर थुनामा राखिएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि निकट सम्पर्कमा रहेको प्रहरीको जाँच गर्दा कोरोना देखिएको थियो । त्यस्तै, नेपाल प्रहरीको भोटाहिटीस्थित साईबर ब्यूरोमा पनि इन्सपेक्टर सहित दुईजना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । ब्युरोका संक्रमित…

Read More

काठमाडौँ: नेपाली सेनाले ब्यारेकभित्रै आइसोलेसन तयार गर्ने भएको छ। सम्भावित ठाउँहरुको अध्ययन गरेर आइसोलेसन निर्माणको सुरुवात गरिसकेको जंगी अड्डाले जनाएको छ। संक्रमणको जोखिम बढ्दै गएपछि सैनिक अधिकारीहरुलाई ब्यारेकमै राख्ने गरी सेनाले यस्तो तयारी थालेको हो। सेनासँग वीरेन्द्र सैनिक अस्पतालमा ७० बेडको आइसोलेसन, २० बेडको आईसीयू, १८ वटा फिल्ड एम्बुलेन्स उपलब्ध छन्। सेनाले आफ्नो अस्पतालमा साउन ७ गतेबाट पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको थियो। सैनिकहरुको वीरेन्द्र सैनिक अस्पतालमा परीक्षण गर्ने व्यवस्था छ। एक पटकमा ९४ जनासम्मको परीक्षण गर्न सकिने सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए। हालसम्म ३ सय ८ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ। यीमध्ये १ सय…

Read More

काठमाडौँ: कोरोना संक्रमण्काा कारण काठमाडौं उपत्यकामा थप एक जनाको मृत्यु भएको छ।  ललितपुरस्थित पाटन अस्पतालमा बिहीबार बिहान ललितपुरकै कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको हो। आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पताल प्रशासन स्राेतले जानकारी दिएकाे छ। उनको शव अहिले नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ।

Read More

काठमाडौँ: लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उहाँको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिनुभएको हो । सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ । उक्त खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चिनुभयो । प्रारम्भमा ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १४८ रन बनायो । उसका लागि केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन बनाउनुभयो । बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाए पनि अरु खेलाडीको…

Read More

कास्की: पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले विज्ञप्ती जारी गरी जानकारी दिनुभयो । गत भदौ ७ गते कोरोना पुष्टि भइ ती महिला अस्पतालमा भर्ना भएकामा बुधबार राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा राखेर उपचार शुरु गरिएको उहाँले जानकारी दिनुभयो । सो अस्पतालमा उपचारको क्रममा हालसम्म पाँच जना सङ्क्रमितको मृत्यु भएको विज्ञप्तीमा जनाइएको छ । गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या नौ पुगेको…

Read More

झापा: नेपाल–भारत जोड्ने पूर्वी नाका काँकडभिट्टाको मेची नदीमा छ लेनको पक्की पुल निर्माण सम्पन्न भएको छ । नेपालको सीमा क्षेत्रका नदीमध्ये मेची नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो छ लेनको पक्की पुल निर्माण सम्झौताको चार महिना अगावै सकिएको हो । पुलसँगै डेढ किलोमिटरको एशियन हाइवेको एप्रोच सडकसमेत निर्माण गरिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख ई. श्यामकुमार यादवले बताउनुभयो । उहाँका अनुसार सो पुल भारतको दिनेश चन्द्र आर अग्रवाल कन्स्ट्रक्सन प्रालिले ३६ महिनाको अवधिमा सम्पन्न गर्ने गरी सन् २०१८ को फेबु्रअरीदेखि निर्माणको काम प्रारम्भ गरेको थियो । विश्व कोरोना महामारीले शुरुमा पुल निर्माणमा असर पारे पनि तत्काल भारत सरकारले…

Read More

कलैया: कोरोना सङ्क्रमणबाट बारामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । सङ्क्रमण भइ गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो । बिहान २ जना र राति दुई जनाले ज्यान गुमाएका हुन् । राति ज्याउ गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध विश्वनाथप्रसाद जैसवाल र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय अशोकप्रसाद यादव रहेको डिएसपी मिश्रले बताउनुभयो । बिहान सुवर्ण गाउँपालिका वडा नम्बर ५ औरैयाका ७२ वर्षीय धुपलाल यादव र महागढीमाई नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय गेनाप्रसाद साहको मृत्यु भएको थियो…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जसमध्य आज काठमाडौँमा मात्रै २३० जना संक्रमित भेटिएका छन् भने भक्तपुरमा २४ र ललितपुरमा ४७ जना संक्रमति थपिएका छन् । यस्तै आजमात्रै देशभर कुल ११ जनाको कोरोनाले गर्दा मृत्यु भएको आयोजित नियमित पत्रकार सम्मेलनमा डा जगेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा दुई महिला ९ जना पुरुष रहेका छन् । कुल मृतकको संख्या भने १७७ पुगेको छ। २४ घण्टा सरकारले कुल १३,२५३ जनाको पिसीआर परीक्षण गरेको थियो

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा आज थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी जम्मा ३०१ जना संक्रमित थपिएका छन् । यअसघि मंगलबार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरी जम्मा २३२ जना संक्रमित थपिएका थिए । यसैबीच काठमाडौंमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज रातिबाट लागू हुनेगरी निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेका छन् ।

Read More