Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफ्नो ६ वर्षको कार्यकाल सम्पन्न गरेर बिदाइ भएका छन्। शुक्रबार आफू पद सम्हालेको ६ वर्ष पुगेकै दिन उनी निर्वाचन आयोगबाट बिदा भएका हुन्। थपलिया २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए। उनले बिदाइ कार्यक्रममा आफ्नो ६ वर्षको कार्यकालको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सिर्जनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्वपूर्ण अवसरको रुपमा लिएको बताए। थपलियाको बिदाइमा आयोगको सभाहलमा विशेष कार्यक्रम गरिएको थियो। कार्यक्रममा आयोगका पदाधिकारी एवं कर्मचारीहरूको उपस्थिति थियो। थपलियालाई निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले पुष्पगुच्छा र मायाको चिनो उपहार प्रदान गरेका थिए।सो…

Read More

काठमाडौं: पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन सुझाव दिनु भएको छ । अर्थ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी परामर्शमा पूर्व अर्थमन्त्रीहरुले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यवहारिक बजेट ल्याउन सुझाव दिनु भएको हो । त्यसैगरी उहाँहरुले बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न पनि सुझाव दिनु भएको छ । पूर्व अर्थमन्त्रीहरुले धेरै आयोजनाहरु प्रस्ताव गर्ने भन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयन योग्य आयोजनामा प्राथमिकता दिनु पर्नेमा जोड दिनु भएको छ । त्यस्तै स्वास्थ्य, शिक्षा र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि सुझाव दिनु भएको छ । पूर्व प्रधानमन्त्री एवं अर्थमन्त्री डा. बाबुराम भट्टराईले वैचारिक र नीतिगत स्पष्टता…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको नयाँ मिति तोकेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हाे । २०८२ आश्विनसम्ममा वडा अधिवेशन,कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ । २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गगरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ९ सय ७५ वडा समिति गठन भइसकेको छ भने त्यसमध्ये ७ सय वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। ७ सय ५३ पालिकामध्ये ४ सय ५८ वटा…

Read More

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । केही दिनयता निरन्तरजसो उकालो लागिरहेको सुनको मूल्य बिहीबार तोलको १ लाख ९० हजार पार भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबार तोलाको १ लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन तोलामा १९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले बढेर बिहीबार १९६० रुपैयाँ तोकिएको छ।…

Read More

काठमाडौंः जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भए पछि बल्ल ऐन कार्यान्वयनमा गएको हो । यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ ।ऐन जारी भएको सूचना २०५५ माघ १ को राजपत्रमा प्रकाशन भए पनि ऐनमा राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिबाट प्रारम्भ हुने उल्लेख थियो । तर, त्यसयताका सरकारहरुले कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशन नगर्दा…

Read More

काठमाडौं: नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार(आज) फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढ्दै अहिलेसम्मको महँगो बनेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रुपैयाँ पुगेको छ। यसअघि सोमबार १ लाख ८६ हजार रुपैयाँ प्रतितोला रहँदै सुनकिो मूल्य अहिलेसम्मकै महँगो बनेको थियो तर उक्त रेकर्ड आज ब्रेक भएको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आजको लागि चाँदीको मूल्य प्रतितोला १ हजार…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने भएको छ ।

Read More

काठमाडौं: अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यससँगै तत्कालका लागि संशोधित मापदण्ड अनुसार सरकारलाई गभर्नर नियुक्त गर्ने बाटो बन्द भएको छ । सरकारले मापदण्डमा उमेरहदको व्यवस्था हटाएको थियो । २७ फागुनमा सरकारले मापदण्ड संशोधन गर्दै अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको र सदस्यहरुको लागि ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था हटाएको थियो । उक्त उमेरहद सम्बन्धी व्यवस्था खारेज गरेसँगै त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो । अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले गत शुक्रबार सर्वोच्चमा…

Read More

काठमाडौँ: परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नेपाली कांग्रेस पार्टीभित्र आफू भाइरल हुने नाममा जे पनि बोल्ने र एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेको बताएकी छन् । इलामको श्रीअन्तुमा आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताएकी हुन् । उनले भनिन्, ‘आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला । तर त्यसले पार्टीलाई कति क्षति…

Read More

काठमाडौँ: उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगले मौजुदा जलविद्युत विकास नीतिलाई परिमार्जन गरी समयसापेक्ष बनाउन जरुरि रहेको बताएको छ । “मौजुदा जलविद्युत विकास नीतिलाई समयसापेक्ष बनाउन पहिले एकीकृत जल नीति बनाई सो नीति अन्तर्गत जलविद्युत विकास, सिंचाइ र खानेपानी आपूर्ति र सरसफाइ लगायतका सेक्टरल (क्षेत्रगत रणनीति तयार गर्नु पर्ने आयोगको सुझाब छ । एकीकृत जत्त नीतिको अभावमा क्षेत्रगत नीतिका बीच अन्तर्द्वन्द्र सिर्जना हुन गई नीति कार्यान्वयन गर्न कठिन हुने भन्दै आयोग पहिले एकीकृत जल नीति बनाउनु पर्ने आयोगको सुझाब छ । सुझाबमा भनिएको छ -“विद्युत् विकासको क्षेत्रमा धेरै संस्थागत संरचना हुँदा एक अर्काको कार्यक्षेत्रमा हस्तक्षेप हुन सक्ने देखिएकाले यी सबै संस्थाहरूको…

Read More