Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेपछि कुलमान घिसिङले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले धारणा सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै घिसिङले आम नागरिकको रूपमा आफूले गर्ने काममा कहिल्यै कमी नहुने बताएका छन् । ‘सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायो, म जिम्मेवार नागरिकका रूपमा कहिल्यै कम हुने छैन,’ उनले भनेका छन् । उनले आफूमाथि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको पनि आरोप लगाएका छन् । ‘प्राधिकरणलाई बक्यौता असुल गर्ने काममा अवरोध सिर्जना गरियो, विद्युतमा आत्मनिर्भर बनाउने मेरो प्रयास थियो ।…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो । नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीबिचको भेटवार्ता सार्थक सकारात्मक भएको जनाएका छन् । शुक्रबार बिमस्टेक सम्मेलनका क्रममा थाइल्यान्डकाे बैंककमा ओली र मोदीबिच भेटवार्ता भएको थियो । उक्त भेटवार्तापछि रिमालले सामाजिक सञ्जालमा भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीबिच भेटवार्ता सम्पन्न…

Read More

काठमाडौँ:नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकले लिएको उचित नीतिका कारण कोरोना महामारीमा अर्थतन्त्र ठूलो समस्यामा नफसेको बताएका छन् । आफ्नो कार्यकालको समीक्षा गर्दै शुक्रबार अधिकारीले सही समयमा उचित निर्णय लिएका कारण अन्य मुलुकको तुलनामा कम प्रभावित भएको बताएका हुन् । ‘कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि यस बैंकले मौद्रिक नीतिको लचिलो कार्यदिशा अवलम्बन गर्नुका साथै विभिन्न नियामकीय छुट/सुविधाहरू प्रदान गरेको थियो । साथै, बैंकले कर्जा सहजीकरणका लागि पुनरकर्जालगायतका सुविधा समेत प्रदान गरेको थियो,’ अधिकारीले भने, ‘यसबाट कोभिड प्रभावित अर्थतन्त्रको थप सङ्कुचन हुन नदिने र अर्थतन्त्रको पुनरुत्थान गर्ने कार्यमा मद्दत पुगेको थियो ।’ उनले विद्युतीय भुक्तानीको पूर्वाधार विकास, भुक्तानी…

Read More

काठमाडौं । पक्राउ परेका आफ्ना नेताहरू रिहाइ, तिनकुने घटनाको न्यायिक छानबिन लगायत माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चरणवद्ध आन्दोलन गरिरहेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत आज राप्रपाले सडक प्रदर्शन र मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ । महामन्त्री राजेन्द्र गुरुङ सहितको टोलीले राष्ट्रिय मानव अधिकार आयोग पुगेर ज्ञापनपत्र बुझाएको हो । सडक प्रदर्शनको नेतृत्व भने पशुपति शमशेर जबरा र प्रकाश चन्द्र लोहनीले गरेका छन् । राजधानी उपत्यकाका तीन जिल्लाले निकालेको प्रदर्शनको नेतृत्व जबरा र लोहनीले गरेका हुन् । प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङदेन पूर्वनिर्धारित कार्यक्रमका निम्ति झापामा रहेकाले जबरा र लोहनीले आजको प्रदर्शनमा नेतृत्व गरेका हुन्…

Read More

काठमाडौं: आर्थिक वर्ष २०२४/२५ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०२३/२४ को वृद्धिदर ३.९ प्रतिशतको तुलनामा बढी हो । विश्व बैंकको नेपाल विकास प्रतिवेदनः आर्थिक वृद्धि उकास्नका लागि उत्थानशीलताको लाभ उपयोग तथा सुधार कार्यान्वयन अनुसार यो वृद्धि मुख्यतः आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिबाट निर्धारित हुनेछ । प्रतिवेदनले सन् २०२५/२६ र २०२६/२७ मा नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ । जसमा सेवा क्षेत्रको प्रभाव उल्लेख्य रहनेछ । ‘नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक छ…

Read More

काठमाडौँ:काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई सहजरुपमा काम गर्ने वातावरण बनाउन दुई कर्मचारी संगठनले आग्रह गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद र स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बरालले विज्ञप्ति जारी गर्दै गुरागाईंलाई काम गर्ने वातावरण बनाउन महानगरलाई आग्रह गरेका हुन्। आज बिहीबार १०४ दिनपछि महानगरमा हाजिर गर्न गएका गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र शाह(बालेन)पक्षले अवरोध गरेको थियो भने उपमेयर सुनिता डंगोलसहितले कार्यालय प्रवेश गराएको थियो। त्यतिबेला मेयर बालेन कार्यालयमा थिएनन्। त्यसपछि उनी कार्यकक्षको ढोका फुटाएर गएर हाजिर गरेका थिए। यसै विषयमा दुवै कर्मचारी संगठनले गहिरो ध्यानाकर्षण भएको जनाएका छन्। ‘विगत तीन…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङका पक्षमा अन्तरिम आदेश दिन नमिल्नुको मुख्य आधार चार वर्षअघि हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनलाई मानेको छ। हितेन्द्रदेव शाक्यले आफूलाई कार्यकारी निर्देशकबाट हटाएर अन्यत्र सार्ने र उक्त स्थानमा कुलमान नियुक्त गर्ने तत्कालीन सरकारकाे निर्णयविरूद्ध रिट दायर गरेका थिए। उक्त रिटको छिनोफानो अझै भएको छैन। उक्त विचाराधीन रिटको अन्तर्वस्तुमै प्रभाव पर्ने गरी कुलमानलाई थमौती गर्ने गरी अन्तरिम आदेश जारी गर्न नमिलेको तर्क सर्वोच्चले गरेको छ। तीन दिन लगातार गरिएको सुनुवाइपछि न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले भनेको छ, ‘निवेदक (कुलमान) लाई मिति २०७८।०४।२५ को नियुक्ति नै कानुनसम्मत नरहेको…

Read More

काठमाडौँ:ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन्। यससम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ विभागका सेल्स एन्ड बिजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्गले हस्ताक्षर गरेका छन्। यस समझदारीअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरुमा पोइन्ट अफ सेल (पस) मेसिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक पाउनेछन्।

Read More

काठमाडौँ: कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन्। शहरी विकास मन्त्रालयमा आज विज्ञसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले वायु प्रदूषणका कारण जनजीवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन्। उनले अहिले प्रदूषण बढ्नुको मुख्य कारण डढेले रहेको पनि जिकिर गरे। उनले छिटै सरकारले यस विषयमा निर्णय लिने बताए। छलफलमा वन मन्त्रालयका सचिव दीपक खरालले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने र सवारी जोरबिजोर गरेर चलाउनु पर्नेसम्मको प्रस्ताव गरे। त्यसो त विज्ञहरुले पनि प्रदूषणको प्रमुख कारण सवारी साधन रहेको दाबी गर्दै केहिदिन चाप कम गर्नुपर्ने सुझाव दिए। वातावरण विज्ञ भूषण तुलाधरले वायु…

Read More

रेविकाबारे प्रहरीको भनाइ- झुक्किएर गोली लाग्यो काठमाडौं । शुक्रबारको राजावादी प्रदर्शनका क्रममा विद्यार्थी रेविका खत्रीमाथि झुक्किएर गोली लागेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा त्यसको असर रेविका र उनका दाजुमाथि परेको स्पष्टीकरण दिएका हुन् । ‘लुटपाट भएसँगै नजिकै गाडीमा आगजनी भएको थियो । त्यो स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहार गरिएको गोली लागेको हुनुपर्छ’, उनले भने ।प्रहरीको दाबी : राष्ट्रिय गान बज्दा बज्दै टियर ग्यास हानेको डिपफेक भिडिओ होकाठमाडौं । प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको…

Read More